ताजा समाचार

लहान ८ को वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न

  • असार १, २०७५
  • २१३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ असार १ । लहान नगरपालिका ८ को वडा कार्यलय शुक्रबार असार १ गते एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । लहान ८ मा अवस्थित सिद्धार्थ आधारभूत विधालयको ( मतदान केन्द्रको अगाडी ) सामुने रहेको भवन भाडामा लिएर वडा कार्यालय स्थापना गरिएको वडाध्यक्ष विजय कुमार महतोले जानकारी दिएका छन्। कार्यालयको उद्घाटन लहान नगरपालिकाका मेयर मुनि साहले रिवन काटेर गर्नुभएको छ। पार्किंग शुविधा सहितको दुई कोठे भवन मासिक दस हजार रुपैया तिर्ने गरि भाडामा लिएर वडाको दैनिक प्रशासनिक कामको तयारी गरिएको छ । वडा अध्यक्ष विजय कुमार महतोको अध्यक्षता तथा नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा वडा सदस्य सुरेश कुमार साहले  स्वागत मन्तव्य राख्नु भएको थियो।भने कार्यक्रमको संचालन वडा सचिव लखन लाल साहले गर्नु भएको थियो । उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि साहले भन्नु भयो यस वडा वासीको सेवा सुविधालाई मध्ये नजर गर्दै यस वडामा कार्यलयको स्थापना गरिएको हो। चाडै यस वडामा अवस्थित यातायात कार्यलयमा भईरहेको पार्किंगको समस्यालाई चाडै समाधान गर्न यस वडा कार्यलयले आफ्नो भूमिका निर्वाह गर्ने सुझाव सहितको शुभकामना मन्तव्य राख्दै ,  म पूर्ण विश्वस्त छु कि यस वडाका अध्यक्ष संगै सदस्यहरुले यस वडावासीलाई सहज तथा प्रभावकारी तवरले सेवा सुविधा प्रवाह गर्ने छन्। सम्पूर्ण वडावासी लगायत अध्यक्ष तथा सदस्यहरुमा बधाई तथा शुभकामना वयक्त गर्दछौ।

उद्घाटन समारोहमा लहान ५ का वडा अध्यक्ष सुलेमान अन्सारी , लहान ८ क वडा सदस्य राज लाल साह , विमला कुमारी , पुनिता कुमारी पासमान , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख ,वडावासीहरु , ज्ञान कुमार महतो . ज्ञानी महासेठ , विष्णु प्रसाद गुप्ता , सुनिल कुमार दास , ओम प्रकाश साह,अशोक कुमार यादव ,सतिश महासेठ, सुनिल कुमार पासमान लगायतको उपस्तिथी रहेको थियो ।कार्यक्रममा वडा अध्यक्ष महतोले नगरप्रमुख साह लाई मायाको चिनो स्वरूप एउटा डायरी सहित कलम प्रदान गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤