ताजा समाचार

सप्तरीमा एक महिला माथि आक्रमण , प्रहरीको फोन उठेन

  • असार १, २०७५
  • १४७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, सप्तरी, ३१ जेठ । सप्तरीको बलान बिहुल गाउपालिका वडा न. १ मा एक महिला माथी साँघातिक हमला भएको छ । मलहनिया बढ्की टोल स्थित दलित समुदाय को एक महिला चानो देवी राम माथी त्यहीँको केहि ब्यक्तिहरु ले ज्यानै लिने गरि हमला गरेका छन । जग्गा सम्बन्धि विवाद ले गर्दा मल्हनिया का राम सेवक राम, मोतिया राम, मदन राम, धनेश्वरी राम र मन्जु राम मिलि सामुहिक रूपमा बिहिवार दिउँसो ४:३० बजे चानो देवी राम लाई मर्नेगरी कुटपिट गरेका छन । प्रत्यक्षदर्शी का अनुसार उक्त समूह बनाई आएका हरुले पहिला चानो देवी को घाँटीमा रहेको आधा तोलाको मङ्गलसुत्र खोसेका थिए । मङ्गलसुत्र खोसिसकेपछी भाटा र मुढकी ले घाँटीमा हिर्काएका थिए । चानाे देवी राम वेहाेस अवस्थामा पुगेपछि मात्र उनलाई छोडिएको थियो । घटना पस्चात चन्ही स्थित प्रहरी चौकीमा फोन गर्दा प्रहरी ले कुनै वास्ता नगरेको गुनासो छ । एक स्थानिय जयनारायण रामको अनुसार पछि चन्ही थाना का ईन्चार्ज पन्कज सिंह ले फोन समेत उठाउन छाेडेका थिए । घाईते रामको घरपरिवारमा कोई सदस्य नभएको अवस्थामा उनलाई स्थानियले लाहान स्थित त्रिशक्ति हेल्थ केयर प्रा. लि मा पुर्याएका थिए । उनको उपचार भईरहेको खबर छ । अस्पताल को स्रोत अनुसार घाईते रामको शारीरिक अवस्थाको बारेमा अहिले केही भन्न सक्ने अवस्था छैन । टाउकोमा अत्यधिक चोट लागेको हुनाले अवस्था गम्भीर भएको बताईएको छ । चानो देवि राम स्थानीय चुनावमा स्वतन्त्र बाट गा.पा उपाध्यक्ष कि उम्मेदवार थिईन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤