ताजा समाचार

बालबालिकाकालाई अवसर दिनुपर्छ ः अध्यक्ष राय

  • जेठ ३१, २०७५
  • ७८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३१ , जेष्ठ बालमैत्रि गाउँपालिका निर्माण गर्नकालगी आगामी दिनमा कार्यान्वयन सहितको बाल संरक्षण निति ल्याउने सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धर्मेन्द्र कुमार रायले बताउनुभएकोछ । लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ मा संचालित जिवन उपयोगी सिप तथा बाल अधिकार सम्बन्धी ५ दिने तालिमको समापन समाहरोहमा प्रमुख अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष रायले बाल बालिकाहरुले हाल सम्म पनी राज्यले दिएको अधिकार प्रप्त गर्न नसकेकोमा दुःख ब्यक्त गरेका छन । समाजमा हाल सम्म पनि परम्परागत मानसिकता बोकेका मानिसको जमातका कारण सामाजिक निर्णयहरुको क्रियाकलापमा बालबालिकालाई सहभागी नगराएकाले बालबालिकाको चौतर्फी बिकास हुन नसकेको बताएका छन । सामाज स्तरको हरेक क्रियाकलापहरुमा बालबालिकाहरुलाई सहभागी गराएर , आफनो कुरा राख्ने अवसर दिएमा उनिहरुको क्षमता बिकास हुने भएकोले सामाजका अगुवा , बुद्धिजिबीहरुको , अभिभावकहरुको समेत सहयोग चाहएको उनको कथन रहेको थियो । बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ पोखरभिण्डाको सहयोगमा संचालित तालिममा बाल संरक्षण निति , बाल सहभागिता , बाल बिकास , लगायत बालबालिकाहरुलाई चौतर्फी विकास गर्नका लागी जिवन उपयोगी सिपको बारेमो बिषेश रुपले छलफल भएको आयोजक जागरण नेपाल लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र कुमार रायले जानकारी दिनुभएकोछ । तालिममा ५० जना बालबालिकाको सहभागिता रहेको थियो । जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र कुमार रायका अनुसार महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले महिला लक्षित कार्यक्रम अन्तर्गत ३० , ३० जनाको सहभागितामा वडा नं. २ र १ मा महिना दिने सिलाई कटाई तालिम संचालनमा रहेकोछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤