सुमधुर धुनको नयाँ धुन बजारमा (भिडियोसहित)

  • जेठ ३१, २०७५
  • ८४६ पटक पढिएको
  • नवराज विष्ट
alt

काठमाडौँ/ गीत संगीत र मोडलिङको क्षेत्रमा प्रवद्र्धनात्मक काम गर्दै आएको कमर्सियल साइट सुमधुरधुनले सुवासचन्द्र जोशीको स्वरमा नयाँ म्युजिक भिडियो प्रस्तुत गरेको छ ।

डीपी खनालको शब्द संयोजनमा बालापनको प्रेम सम्बन्ध र सम्झनालाई भिडियो मार्फत उतारिएको ‘छामी हेर न’ बोलको यो प्रेम गीतको कम्पोजिसन शंकर थापा स्माइलले गरेका छन् । गीतका एरेन्जर उदयराज पौडेल हुन् ।

प्रतिमा श्रेष्ठको निर्देशनमा पशुपति श्रेष्ठले क्यामेरा चलाएका छन् । म्युजिक भिडियोमा दर्शन, महेश, मानवी, रचनाले अभिनय गरेका छन् । गीतमार्फत बालापनदेखिको प्रेम भाव र समर्पणलाई सचित्र उतारिएको यो म्युजिक भिडियो सुमधुरधुनको अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ भने भिडियोको सम्पादन र निर्माण सुमधुरधुन आफैँले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिकामा ...

ओम प्रकाश यादव  लहान, १७ असोज । सिरहाको धनगढीमाई नगरपालिका–४ मा दाजुभाइबीच १९ वर्षसम्म अं ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , असोज १७ । कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा ...

लहानमा EV को ठक्करबा ...

ओम प्रकाश यादव, लहान असोज १५ । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। लहान नगरपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१