नेपालगन्जमा ६ वर्षीया बालिकालाई गोबर खुवाइयो

  • चैत १३, २०७४
  • ५३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १३ । नेपालगन्ज  पानी तान्ने मोटर बिगारेको भन्दै छ वर्षीया बालिकालाई रांगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।कोहलपुर नगरपालिका ४ की ५० वर्षीया गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ । परियारलाई कोहलपुर ईलाका प्रहरीले पक्राउ गरेको छ ।प्रहरी नायब उपरीक्षक (डिएसपी) यज्ञप्रसाद भट्टराईका अनुसार परियारमाथि मुद्दा चलाइएको छ । घरको आंगनमा खेलिरहेकी सरिताले मोटर बिगारेको आक्रोसमा परियारले गोबर खुवाएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पीडक र पीडित छिमेकी हुन् ।बालिका सरिता सोमबार साँझ गीताको आंगनमा खेल्न गएकी थिइन् । पानी तान्ने मोटर नचलेपछि गीताले बालिकामाथि आरोप लगाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१