प्रदेश २ मा दरबन्दी भन्दा कम डाक्टर, अधिकांश विरामी अन्य प्रदेश र भारतमुखी

  • जेठ २९, २०७५
  • ७९१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान । प्रदेश २ को सरकारी अस्पतालहरुमा दरबन्दी भन्दा निकै कम डाक्टर रहेकोले यहांको स्वास्थ्य अवस्था जटिल रहेको छ । चाहेको उपचार नहुंदा सेवाग्राहीहरु प्रदेश २ बाहिर गएर उपचार गराउंने गरेको छ । उपचारको लागि भारतको दरभंगा, पटना पुग्ने गरेको छ भने प्रदेश १ को विराटनगर, धरान र दमक जानेको संख्या बढिरहेको छ । यस अतिरिक्त काठमाण्डौ र चितवन उपचार गराउंनेको संख्या पनि उतिकै रहेको छ ।

प्रदेश २ मा १५ वटा सरकार अस्पताल रहेको छ भने सबै भन्दा बेडको आधारमा पर्साको नारायणी उप क्षेत्रीय अस्पताल वीरगन्ज रहेको छ । जसको बेड संख्या ३ सय रहेको छ । पर्साकै पोखरिया अस्पताल १५ बेडको रहेको छ भने त्यहां तीन जना डाक्टरको दरबन्दी रहेकोमा २ जनाले सेवा दिंदै आएको छ । प्रति २० हजारमा एक एमविविएस डाक्टर हुनुपर्ने प्रावधान रहेपनि प्रदेश २ मा सरकारी र नीजि अस्पताल गरी पांच सय जति रहेको डा.विजेन्द्रकुमार यादव बताउंछन् । जहां प्रदेश २ को जनसंख्या २०११ को जनगणा अनुसार ५१ लाख ३७ हजार ९ सय रहेको छ ।

प्रदेश २ मा सप्तरीदेखि पर्सासम्म ८ जिल्लाको सिरहामा जिल्ला अस्पताल ५० बेडको रहेको छ । जसमा ११ जना डाक्टरको दरबन्दी रहेपनि २ जनाबाट सेवा दिइरहेको छ । ८ जना करारमा रहेको छ । सिरहाकै राउ स्मारक अस्पताल लहानमा चार डाक्टरको दरबन्दी रहेपछि २ जनाले सेवा दिंदै आएको छ । जहां लहान अस्पतालको वेड संख्या ५० रहेको छ । सप्तरीमा २ सरकारी अस्पतालमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको बेड संख्या १ सय २५ रहेको छ । यस अस्पतालमा ६ डाक्टरको दरबन्दी रहेपनि ३ जनाले सेवा दिंदै आएको छ भने २ जना करारमा रहेको छ । सप्तरीकै भारदह अस्पताल १५ वेडको रहेको छ जसमा तीन जना डाक्टरको दरबन्दी रहेपनि एक जनाले सेवा दिंदै आएको छ । प्रदेश २ को दोस्रो ठूलो अस्पतालको रुपमा रहेको जनकपुर अंचल अस्पतालमा २ सय वेडमा ४७ डाक्टरको दरबन्दी रहेको छ । जसमा ८ डाक्टरले सेवा दिंदै आएको छ । धनुषाकै अर्को नवनिर्मित जिल्ला अस्पताल ढुमरियामा रहेको छ । २५ बेडको उक्त अस्पताल संचालनको तयारीमा रहेको छ । प्रदेश २ मा सबै भन्दा कम अस्पताल रहेको सर्लाही अस्पतालमा ९ डाक्टरको दरबन्दी रहेपनि ३ डाक्टरले सेवा दिंदै आएको छ भने एक जना करारमा रहेको छ । सर्लाही अस्पताल ५० वेडको रहेको छ ।

महोत्तरीमा १५—१५ बेडको दूई अस्पताल रहेको छ । जलेश्वर अस्पतालमा तीन डाक्टरको दरबन्दी रहेपनि १ जनाले सेवा दिंदै आएको छ । बर्दिवास अस्पतालमा तीनको दरबन्दी भनिएपनि २ जनाले सेवा दिंदै आएको छ । रौतहटको गौर जिल्ला अस्पतालमा ४ डाक्टरको दरबन्दी रहेको छ जसमा २ जनाले सेवा दिंदै आएको छ । उक्त अस्पताल ५० वेडको रहेको छ । रौतहटकै चन्द्रनिगाहपुर अस्पतालमा १५ वेडमा २ जना डाक्टरले सेवा दिंदै आएको छ । बाराको कलैया जिल्ला अस्पतालमा ४ डाक्टरको दरबन्दी रहेपनि २ जनाले सेवा दिंदै आएको छ । वेड संख्या ५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१