मधेशी पुत्र २ कतारमा अपार भींडका साथ प्रर्दशनमा

  • जेठ २८, २०७५
  • १०२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

कतार, २८ जेठ । नेपाल र मधेशको राजनीति, युवाको अवस्था, निर्भिक पत्रकारिता सहितका विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको मधेशी पुत्र २ कतारमा अपार भींडका साथ प्रदर्शन भईरहेको छ । गैर आवासीय मधेशी संघ कतारको विशेष पहलमा एसियन टाउन ग्राण्ड मलको हल नम्वर १ मा प्रर्दशन भईरहेको हो । मुस्लिम समुदायको महान पर्व ईदको अवसर पारेर मधेशी पुत्र २ केही दिनका लागि प्रदर्शनमा ल्याईएको छ । नेपालको राजधानी काठमाण्डौ सहित मधेशका जिल्लाहरुमा यस अघि प्रर्दशनमा आईसकेको उक्त फिल्म विदेशमा रहेका मधेशी समुदायको विशेष आग्रहमा पहिलो चरणमा कतारमा प्रदर्शनमा ल्याईएको छ । केही दिनपछि उक्त चलचित्र प्रत्येक शुक्रवार एक शो प्रदर्शनमा आउने फिल्मका निर्देशक समेत रहेका नायक निराजन मेहताले जानकारी दिएका छन् । उनका अनुसार मधेशी पुत्र यसपछि दुबई र अमेरिकामा समेत प्रर्दशनमा आउने छन् । फिल्मका निर्माता उदितनारायण साह र निर्माता एवम् नायक निराजन मेहता फिल्मको प्रोमोशनका क्रममा हाल कतारमा रहेका छन् । मधेशी पुत्रको सफलतापछि निर्माण गरिएको मधेशी पुत्र २ यस अघि राजविराज, भैरहवा, बिरगञ्ज, कलैया, गौर, मलङ्गवा, बरहथवा, जनकपुर, महेन्द्रनगर, मिर्चैया, लहान, मोरङ्ग, राजधानी काठमाण्डौ सहित देशैभरिका सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आएका थिए । वास्तविकतामा आधारित नेपाली र भोजपुरी भाषाको उक्त सिनेमालाई केन्द्रीय चलचित्र जाँच समितिले दृष्यहरुमाथि आपत्ति जनाउँदै केही दृष्य तथा सम्वादहरु हटाउन निर्देशन दिएका थिए । तत्पश्चात समितिले विभिन्न दृष्य, सम्वाद, प्रसङ्ग आदीलाई कट र म्युट गर्न लगाईएको थियो । अनुरागी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा पात्रको नाम र नारालाई म्युट गरिए पनि सिनेमा दिन खोजेको सन्देश दर्शक सामु प्रष्ट भएको निर्माता उदीतनारायण साहले प्रतिक्रिया दिएका छन् । नेपाली र भोजपुरी दुई भाषामा निर्माण गरिएकोे मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुब कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविण लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको छ । द्वन्द्व एन.बी. महर्जनको रहेको छ भने छायाङ्कन रवि कोइरालाले गरेका छन् । रोहित, प्रमोदको सङ्गीत तथा भागवत मण्डल, अन्जु यादव, पारसमणी सोनी लगायत गायक गायिकाहरुको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१