ताजा समाचार

मेयर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बाजुमावि प्रथम

  • जेठ २५, २०७५
  • ८६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २५ जेष्ठ । मिर्चैयामा भएको प्रथम मेयर नगरस्तरीय हाजिरीजबाफ प्रतियोगितामा बाजु माबि फुलबारीयाले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा आधारभुत बिद्यालय राघोपुर दोस्रो र मोहन मावि मिर्चैया तेस्रो स्थान प्राप्त गरेका छन् । नगरपालिका भित्र रहेका तीनवटा मावि र तीनवटा आधाभुत बिद्यालय गरी ६ वटा बिद्यालयका सहभागिता रहेको प्रतियोगितामा आधारभुत बिद्यालय सितापुर चौथो, शारदा माबि रामपुरबिर्ता पाचौं र आधारभुत बिद्यालय मल्हनियाखोरी छैठौं भएका छन् । बिजेता बिद्याथीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र, समान्य ज्ञान, स्टेशनरी र फुटबल प्रदान गरिएको आयोजकले जनाए ।
 
प्रत्येक बिद्यालयबाट तीन–तीनजना बिद्यार्थीहरुलाई सहभागि गराई प्रतियोगिता गरिएको आयोजक संस्था ग्रामिण जागरण समाज धनगढीमाईले जनाए ।
ग्रामिण जागरण समाज धनगढीमाईको अध्यक्ष हिरालाल चौधरीको अध्यक्षतामा विहिबार भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ठ अतिथिका रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल लगायतका सहभागिता रहेको थियो । 
 
नगरपालिकाका शिक्षा शाखाका बिनी बुद्धिमान दनुबार र श्रोतब्यक्ति श्याम यादबको बिशेष उपस्थितमा भएको कार्यक्रमा विषय बिशेषज्ञ तथा निर्णायक समितिको रुपमा प्रदिप साह, बिजय लामा र राम नारायण साह रहेका थिए ।   
मिर्चैया नगरपालिकाका आर्थिक सहयोग र ग्रामिण जागरण समाज धनगढीमाईको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤