प्रधानमन्त्री ओलीको प्रस्ताव अध्यक्ष यादवद्वारा ठाडै अस्विकार

  • चैत १३, २०७४
  • ९३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १३ । संघीय समाजवादी फोरमले तेस्रो चरणको सरकार विस्तारको क्रममा फुटाइएको शहरी विकास मन्त्रालय नलिने भएको छ। सरकारमा जाने तय भइसके पनि ढिलाइ गरिरहेको फोरमले आफूले लिने मन्त्रालयमा असन्तुष्टि जनाइरहेको छ। आफूसँग सल्लाह नगरी शहरी विकास तथा खानेपानी मन्त्रालय फुटाएको भन्दै फोरमले शहरी विकास मन्त्रालयको विकल्पमा जनतासँग जोडिएको अर्को मन्त्रालय दिन सरकारलाई आग्रह गरेको छ। सरकारसँग सोही विषयमा कुरा नमिल्दा फोरम सरकारमा जान ढिलाइ भइरहेको छ। तेस्रो चरणको सरकार विस्तार अगाडि शहरी विकास तथा खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फोरमले लिने सहमति बनेको थियो।

फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र मन्त्रालयको विषयमा अन्तिम टुंगो नलागेकाले सरकारमा जान ढिलाइ भइरहेको बताए।‘सरकार विस्तारमा हामीले भन्दा पनि सरकारले गृहकार्य नगर्दा ढिलाइ भइरहेको छ’, अध्यक्ष यादवले भने, ‘छलफल टुंगोमा पुगेपछि फोरम सरकारमा जानेछ।प्रधानमन्त्री निकट स्रोतका अनुसार फोरमले शहरी विकास मन्त्रालयको साटो जनतासँग सरोकार राख्ने अर्को मन्त्रालय दिन प्रस्ताव गरेको छ। उसले शहरी विकासभन्दा सूचना तथा सञ्चार मन्त्रालय दिन सरकारसँग माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या र सूचना तथा सञ्चार मन्त्रालयसँगै एक राज्यमन्त्री पाउनुपर्ने फोरमको माग छ। स्वास्थ्य मन्त्रालय फोरमलाई दिने सहमति भइसकेको छ। फोरम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले केही प्राविधिक विषय मिल्न बाँकी रहेको भन्दै सरकारमा जाने विषयमा खासै ठूलो समस्या नरहेको बताए।

प्रतिक्रिया दिनुहोस

सुखिपुर नगरपालिकामा ...

दलित विकास मञ्च (DDF) गाेलबजार सिरहाकाे अायाेजनामा Helen Keller international काे अार्थिक सहयोग र सु ...

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१