ताजा समाचार

अत्यधिक गर्मीका कारण सिरहा सहित तराईको जनजीवन प्रभावित

  • जेठ २३, २०७५
  • १२०२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ २३ । सिरहा सहित तराइका जिल्लाहरुमा बढ्दै गईरहेको अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ । पानी नपरेको र तापक्रम दिनहुँ बढिरहेकाले जनजीवन कष्टकर बनेको हो । सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल समेत घटेको छ । लहान बजारमा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको समेत उपस्थिति पातलिँदो अवस्थामा छ । बजारमा चहलपहल घटेका कारण त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा परेको छ। एका बिहानै देखि चर्को घाम लाग्ने स्थितिले सर्वसाधारणको दैनिक प्रभावित भएको छ । चर्को घाम, अत्यधिक गर्मी, तातो हावा र अनियमित रुपमा हुने विद्युत् कटौतीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गईरहेको छ।

गर्मी बढ्दै गएपछि बजार क्षेत्रमा अहिले चिसो पेय पदार्थ, कागतीको रस र उखुेको रसको बिक्री बढेको छ । चर्को गर्मीका कारण सिरह , सप्तरी , उदयपुर ,धनुषा , सर्लाही , महोत्तरी , पर्सा , सुनसरी लगायतका जिल्लाहरुमा बढ्दै गईरहेको गर्मीका कारण गरिखाने वर्गलाई समस्या भएको छ । बजारमा रिक्सा र ठेला गाडा चलाउने मजदुरलाई सबैभन्दा बढी समस्या भएको छ। गर्मी बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ। गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन्। आज लहानको अधिकतम तापक्रम ३७ डिग्री पुगेको छ।

Image may contain: one or more people and outdoor

Image may contain: plant and outdoor

Image may contain: one or more people, people riding bicycles, bicycle and outdoor

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤