ताजा समाचार

गोलबजार लाई हराउदै डायनामाइट सेमीफाइनलमा

  • जेठ २३, २०७५
  • १२८४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ २२ । मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत मंगलबार भएको खेलमा डायनामाइट काठमाडौं विजय भएका छन्। सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको रोमान्चक खेल प्रदेश ३ डायनामाइट काठमाडौं र प्रदेश २ गोलबजार सिरहा बीच सम्पन्न भएको छ। खेलको निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न नसक्दा खेल प्लानटिमा परिणत भएको थियो । जसमा डायनामाइट काठमाडौंले १ का विरुद्ध ४ गोल गर्दै गोलबजार लाई पराजित गर्दै विजय भएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलबजार जर्सी नम्बर १३ का खिलाडी अमन लामा म्यान अफ द म्याच भएका छन्। प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल बारा ११ र डायनामाइट काठमाडौं बीच हुने पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤