ताजा समाचार

विभेद र भ्रष्टाचार विरुद्ध कामकाज ठप्प पार्दै धर्ना

  • जेठ २२, २०७५
  • ९९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम पुकार यादव सिरहा । अर्नमा गाउँपालिकाका पदाधिकारीहरुले विकासका योजनाहरुमा विभेद र संचालनमा भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस निकटका स्थानीय नेता तथा कार्यकर्ताहरुले पूर्व निर्धारित दवावका कार्यक्रम अनसार गापा कार्यालयको कामकाज ठप्प पार्दै दुई घण्टा धर्ना बस्यो । वडा तथा बस्तीलाई विभेद गर्दै आफ्ना राजनीतिक अभिष्ट पुरा गर्न गापा अध्यक्ष ठकु महतो कोइरीले गापा स्तरीय बजेट सिध्याउन मनोपोली योजना बनाएर कार्यकर्ता भरनषोण गर्न लागेको नेपाली काँग्रेसका नेता तथा संघर्ष समितिका अध्यक्ष रामअधिन यादवले बताए । अपारदर्शी रुपमा उपभोक्ता समितिहरु गठन गरेर गापा अध्यक्ष महतोको निर्देशनमा हुँदै नभएको सडकमा लाखौं रुपैयाँ खर्चिन लागेको उनले जनाए । उनका अनुसार जहाँ सर्वपक्षीय जनताको समस्या छ त्यहाँ योजना छैन् र जुन ठाउँमा गापा अध्यक्ष नजिकका कार्यकर्ताको घर छन् त्यहाँ हुँदै नभएको काममा लाखौं लाख खर्च गरिने कार्ययोजना बनाएका छन् । गापा अध्यक्ष महतोले विभेद र भ्रष्टाचारको चरणविन्दुमा पुगेको नेपाली काँग्रेस अर्नमा गाउँपालिका संयोजक धर्मदेव कामतिले बताए । उनले गापा अध्यक्ष आफ्ना कार्यकर्ताहरुलाई कार्यालयकक्षमै बोलाएर अधिकतर उपभोक्ता समिति गठन गरेको भने,‘गोप्य रुपमा गठन गरिएको उपभोक्ता समितिका पदाधिकारीहरुसँग कमिशन पनि लिइरहेको चर्चा चल्न थालेका छन् ।’ गापा पदाधिकारीहरुले विधि र प्रक्रिया मिच्दै रचना गरेको भ्रष्टाचारको चत्रब्युह विरुद्ध आफुहरुले कडा संघर्ष गर्ने संयोजक कामतिले दाबी गरे । उनले जनताको हितमा हामी काम गराउन सदैव सल्लाह सुझाव र प्रभावकारी काम गराउन लागीरहने बताए । धर्ना कार्यक्रममा विनोद कुमार यादव, रामदेव गडेरी, राजलाल कामति, धनिराम यादव, रेश्मी महतो लगायत सैकडौं व्यक्तिहरुको सहभागीता रहेको थियो । भ्रष्टाचार नरोकिएसम्म आफुहरु संघर्ष जारी राख्ने उनीहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤