Siraha Times
ताजा समाचार

घरेलुहिंसा न्युनिकरण गर्न अभिमुखिकरण

  • जेठ २२, २०७५
  • ७७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा,२२ जेष्ठ । मिर्चैया नगरपालिका बडा नं. २ मल्हनियाँखोरीमा दलित, जनजाति युवायुबतीहरुलाई लक्षित गरी घरेलुहिंसा, बालबिबाह र बहुबिबाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न आज गरिएको छ । समाजमा बिद्यमान रहेका घरेलुहिंसा, बालबिबाह र बहुबिबाह न्युनिकरण गर्ने उदेश्यले एक दिने अभुमुखिकरण कार्यक्रम गरिएको सनराईज सामुदायिक बिकास केन्द्र मल्हनियाँखोरीका अध्यक्ष घनश्याम श्रेष्ठले बताए ।
मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र सनराइज सामुदायिक बिकास केन्द्र मल्हनियााँखोरीको आयोजनामा संचालन गरिएको कार्यक्रममा सय जना युबायुबतिहरुको सहभागिता रहेको आयोजकले जनाए । संस्थाका अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल र बडा नं. २ का बडा अध्यक्ष धनिकलाल यादब लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राधा श्रेष्ठ र शम्भु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

34596898_1695411453911819_4249324210393972736_n

34473955_1695418487244449_5708178537597370368_n

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१