ताजा समाचार

सिरहा मानवअधिकार रक्षक संजाल गठन

  • जेठ २२, २०७५
  • ७७६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पण्डित सिरहा, २१ जेष्ठ । समाजमा भईरहको विभिन्न खाले मानव अधिकारसंग जोडिएका घटनाहरुलाई उजागर गरी प्रभावकारी ढंगले सामाजिक न्याय र सुदृढीकरणका लागि तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को रोहबरमा सिरहामा ११ सदस्यीय सिरहा मानवअधिकार रक्षक संजाल आज (सोमबार) गठन गरिएको छ । सिरहाको लहानमा थर्ड एलायन्सको पहलमा भएको भेलाबाट चन्दन कुमार कर्णको संयोजकत्वमा गठन गरिएको संजालको सह–संयोजकमा रिक्मा विश्बकर्मा र सचिवमा राम नारायण पंडितलाई चयन गरिएको छ । सदस्यहरुमा मुकेश कुमार यादब, महेश सिंह, तन्जिल खातुन, गीता साह, मोहन पासमान, शान्ति पासमान, संजय बिश्बकर्मा र दिलिप सहनी रहेका छन् ।

थर्ड एलायन्सका प्रदेश २ का संयोजक रन्धिर चौधरीले समाजिक न्याय तथा सदृढिकरणका लागि स्थानीय समुदायलाई अधिकार र कर्तव्य बारेमा सचेतना दिलाउन थर्ड एलायन्सले विभिन्न जिल्लामा संजाल गठन गरिरहेको बताए । उनले मानव अधिकार उल्लंघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी भुमिका खेलोस् भन्दै शुभकामना समेत ब्यक्त गरे । त्यस्तै मानवअधिकार अधिकृत किरण कुमार कर्णले थर्ड एलायन्सले तराई मधेश लगायत विभिन्न जिल्लामा मानवअधिकार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र नवगठित संजालले झन् प्रभावकारी ढंगले नागरिकको अधिकार दिलाउनको लागि अग्रसरता लिने बताए । मानब अधिकार अधिकृत अर्जुन साहले मानवअधिकारको उल्लंघन वा हनन लगायतका घटनालाई उजागर गर्दै पिडित पक्षको न्यायको लागि वकालत गर्न संजाल तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤