ताजा समाचार

लहान नगर प्रमुख भन्छन्—‘मलाई उल्टो लाग्न थालेको छ,पुरुष हिंसा बढ्दो’

  • जेठ २२, २०७५
  • १०५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, २२ जेठ । महिला हिंसाको चरम रुप लिइरहेको बेला लहानमा पुरुष हिंसाको घटना बढिरहेको लहान नगरपालिकाका मेयर मुनि साहले बताउंछन् । उहांले आधुनिक र शहरीकरणले महिला हिंसा न्युनिकरणको लागि आवाज उठाउंने संघसंस्थाहरु सक्रिय रहेको जायज हो । तर, पुरुष हिंसाको लागि समाधानको उपाय खोजिदिने धेरै नै कम अधिकारकर्मी रहेको एक कार्यक्रम उहां मेयर साहले बताउंछन् ।

सर्च फोर कामन ग्राउण्डको सहयोगमा नेपाल पत्रकार महासंघ सिरहाले लहानमा आयोजना गरेको दूई दिने ( जेठ २० र २१) सुरक्षा र न्याय सम्बन्धि पत्रकारिता तालिममा मेयर साहले ‘मलाई उल्टो लाग्न थालेको छ ।’ ‘हामी कहां अन्यायमा परेका दर्जनौ पुरुष आउंछन् ।’ ‘उनीहरु आफ्नै घरपरिवारका महिलाबाट हिंसा खेपिरहेको सुनाउंछन् ।’ ‘समाधानको बाटो खोजी गरिदिन छलफल गर्छन् ।’ उहां बताउंछन् ।

आधुनिक तथा भड्किलो युगमा अधिकार सबैलाई बराबरी चाहिएको छ । महिलालाई आवश्यकता अनुरुप साधन स्रोत तथा धनसम्पतिमा अधिकार नदिएपछि उनीहरु पनि अधिकारको लागि आवाज उठाउंन थालेको छ । तर, अधिकारको नाममा हिंसातर्फ उन्मुख हुनु कद्दापी न्याययोग्य होइन । यसैका एक उदाहरण बनेका छन् लहान ७ का रामकुमार गुप्ता (विनोद) । यथेष्ट सम्पति भएपनि विनोद र उनकी पत्नि सम्बन्धविच्छेदको चरणमा पुगेका छन् । भड्किलो युग अनुरुप विनोदले आफ्नी पत्निलाई सहयोग नगरेकोले उनमाथी एक पटक हत्याको प्रयास भयो । विनोद छुरा प्रहारबाट घाईते भएका थिए । विभिन्न यातना दिंदै आएकी उनकी पत्नि यत्तिबेला दशौ करोडको सम्पति लिएर उनका पत्नि विराटनगर बस्न थालेका छन् । विनोद खान बस्न, औषधोपचार र आवश्यक अधिकारबाट बंचित भएर लहानमा जेनतेन जीवन पालिरहेका छन् । लहानमा यस्ता कैयन पुरुष महिलाबाट पीडा खेपिरहेका छन् ।

यसैबीच २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा ३ का २१ वर्षीय श्यामकान्त दासलाई अदालतले जेठ २० गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले पाँच वर्षकैद सजायको फैसला गर्नुका साथै आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १८ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७४ जेठ १९ गते सुनसरीको इनरूवास्थित जिल्ला अस्पतालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤