Siraha Times
ताजा समाचार

कर्णाली नदिमा टिपर खस्यो, चालक र सहचालक बेपत्ता

  • वैशाख २२, २०७८
  • ८२८ पटक पढिएको
  • रामएकवाल राम
alt

दैलेख : कर्णाली नदिमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर कर्णालीमा नदिमा खसेको हो। लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको टिपर दैलेखको आठबीस नगरपालिका–४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट नदिमा खसेको हो।

टिपर मंगलबार राती १० बजे दुर्घटनामा परी कर्णाली नदिमा हुनसक्ने प्रहरीले जनाएको छ। कर्णाली राजमार्गबाट झण्डै एक सय ५० मिटर तल कर्णाली नदिमा टिपर खस्दा चालक र सह चालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए। उनीहरुको नाम भने खुल्न सकेको छैन्। बेपत्ता हुनेको इलाका प्रहरी कार्यालय राकमकर्णालीबाट खटिएको प्रहरी टोलीले खोजी कार्य गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। 

कर्णाली नदिमा पानीको बहाव बढेको र पानी धमिलिएका कारण बेपत्ताको खोजी कार्यमा कठिनाई भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार गोताखोरको टोलीमार्फत बेपत्ताको खोजी कार्य गर्नका लागि समन्वय भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१