राजदरबार हत्या काण्डको १७ वर्ष, हत्याकाण्ड रहस्यमै

  • जेठ १९, २०७५
  • २६२१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

आज जेठ १९ अर्थात् तत्कालिन राजा विरेन्द्रको बंशकै हत्या गरिएको दिन । आजभन्दा ठीक १७ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । जहाँ राजा वीरेन्द्र सहित सबै परिवारको हत्या भएको थियो । समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार राती १० जना राजपरिवारको सदस्यको हत्या भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराज कुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादीजयन्ती राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको एकै हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभाशाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ । यथार्थ र सर्वसाधारणले चित्तबुझाउने खालको छानबिन अझै भएको छैन । पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१