ताजा समाचार

राजदरबार हत्या काण्डको १७ वर्ष, हत्याकाण्ड रहस्यमै

  • जेठ १९, २०७५
  • २७६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

आज जेठ १९ अर्थात् तत्कालिन राजा विरेन्द्रको बंशकै हत्या गरिएको दिन । आजभन्दा ठीक १७ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । जहाँ राजा वीरेन्द्र सहित सबै परिवारको हत्या भएको थियो । समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार राती १० जना राजपरिवारको सदस्यको हत्या भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराज कुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादीजयन्ती राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको एकै हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभाशाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ । यथार्थ र सर्वसाधारणले चित्तबुझाउने खालको छानबिन अझै भएको छैन । पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤