Siraha Times
ताजा समाचार

बंगलादेशको डुंगा दुर्घटनामा २६ को मृत्यु, ५ को उद्दार

  • वैशाख २१, २०७८
  • १४५४ पटक पढिएको
  • रामएकवाल राम
alt

 एजेन्सी ।बंगलादेशको पद्मा नदीमा भएको डुंगा दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार खचाखच यात्रुले भरिएको डुंगा बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ । बंगलादेशमा हरेक वर्ष सयौं व्यक्तिको डुंगा दुर्घटनामा मृत्यु हुने गरेको छ ।

गत अप्रिलमा पनि कार्गो जहाज र मानिस ओसार्ने डुङ्गा एकआपसमा ठोक्किदा २७ जनाको मृत्यु भएको थियो । बंगलादेशमा तटीय जलक्षेत्र एवं नदीहरुमा डुंगा मार्फत् यात्रा निकै लोकप्रिय यातायातको साधन मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१