ताजा समाचार

‘आफु सेलेबेट्री हुं ? , भन्सार प्रमुख हमालको आक्रोश

  • जेठ १९, २०७५
  • ९१८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान १८ जेठ । नेपाल पत्रकार महासंघ सिरहाले जिल्ला भन्सार कार्यालय माडर सिरहाका कार्यालय प्रमुखलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुखलाई जेठ १८ गते सार्वजनिक मुद्दाको निवेदन दिएको छ । भन्सार प्रमुख राजेन्द्र हमालले सूचना माग्न पुगेका पत्रकार गणेश साह र सन्तोष यादवलाई दुव्र्यवहार गरेको भन्दै महासंघले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्तीसहित सार्वजनिक मुद्दा दिएको हो । महासंघ सिरहा अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताको नेतृत्वमा गएको पत्रकार टोलिले प्रशासनलाई सो कारवाहीलाई माग गरेको बुझिएको हो । निवेदन दिने क्रममा जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितले छलफलको लागि भन्सार प्रमुख हमाललाई बोलाएका थिए । आधा घण्टाभित्र आएका भन्सार प्रमुखको फोटो पत्रकारहरुले खिच्दा उनले ‘म सेलेबेट्रि हुं ?’ ‘चारैतीरबाट फोटो खिच्दैछन् ।’ उनले ब्यंग गरेका थिए । छलफलको क्रममा प्रमुख हमालले आफु पत्रकारहरुलाई केही नगरेको जिकिर गरेका थिए । ‘आफु दुधले धोएको हुं ।’ भन्दै सिडियोलाई विश्वास दिलाउंन खोजेका थिए । तर, घटनाको रेकर्ड मोवाईलमा रहेकोले पछि प्रमुख हमाल मौन बसे । प्रमुख हमाल पटक पटक झुठो बोलेपछि कारवाही अगाडि बढाउंने भन्दै सिडियो पण्डितले छलफल समापन गरेका थिए । छलफल सकिएपछि प्रमुख हमालले सिडियोसंग छुट्टै कुरा गर्न चाहे । तर, सिडियो पण्डितले गोप्य कुरा गर्न मानेन् । जेठ १३ गते पत्रकारद्धय साह र यादव भन्सार कार्यालयमा रिर्पोटिंग गर्न जांदा उनीहरुको क्यामरा र यसमा लाग्ने मेमोरी फुटाइदिएको छ भने पत्रकारहरुलाई कुटपिटको प्रयास गरेको थियो । यसअघि पत्रकार सुरेन्द्र कामती र बद्रीनारायण यादवलाई रिर्पोटिंगको क्रममा भन्सार प्रमुख हमालले दुव्र्यवहार गरेको आजको छलफलमा खुलेका थिए । प्रमुख हमाल छलफलमा समेत पाखण्डपनको ध्वांस देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤