ताजा समाचार

आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा

  • वैशाख १९, २०७८
  • १३८० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ । उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ ।

सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो । यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ ।

बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाकाली नगरपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । मोरङको विराट महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा तथा भारत र सुनसरीसँग सीमा जोडिएको क्षेत्रमा निषेधाज्ञा लागेको छ ।

काभ्रेमा भरे रातिदेखि आंशिक निषेधाज्ञा हुनेछ । गोरखाको भीमसेनथान गाउँपालिकाको वडा नम्बर ७ र ८ मा गएराति १२ बजेदेखि निषेधाज्ञा छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरसहित बाँके, सुर्खेत, कैलालीलगायत जिल्लामा यसअघि नै पूर्ण निषेधाज्ञा सुरु भइसकेको छ ।

अहिलेसम्म आंशिक र पूर्ण गरी ३० जिल्लामा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सङ्क्रमणदर उच्च रहेको काठमाण्डौ उपत्यकामा आजदेखि थप कडाइ गर्न लागिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बतााए ।

प्रतिक्रिया दिनुहोस

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤