वर्षासंगै परेको चट्याङ्गले लागेर उदयपुरमा तीनको मृत्यु, एक गम्भिर

  • जेठ १८, २०७५
  • ८९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

उदयपुर, १८ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार साँझ चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । वर्षासंगै परेको चट्याङ्गले लागेर वडान। २ ताम्लिछा गैरीगाउँका ६३ वर्षिय धनप्रताप राइ, कृष्णबहादुर भुजेलकी ८ वर्षिया बिष्णुमाया भुजेल र खड्डु भुजेलका ११ बर्षीय छोरा कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। स्थानीय कृष्णबहादुर भुजेलको घरको दलानमा बसिरहेको अवस्थामा चट्याङपर्दा खड्डु भुजेलका अर्का ६ बर्षीय छोरा रिजकु भुजेल घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

हावाहुरीसँगै पानी पर्न थालेपछि ओत लागेर बसीरहेको अवस्थामा सोलारबत्ति बाल्न लाग्दा सोलारमा चट्याङले हानेको हुन सक्ने वडाअध्यक्ष भविन्द्रकुमार राईले बताए । गम्भिर घाईते बालकद्धयलाई उपचारका लागि सदरमुकाम गाईघाट पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१