सांसद प्रदीप यादवले उपमेयरमा पराजित पत्नीलाई फेरी जागिर लगाएको पोल खुल्यो

  • जेठ १८, २०७५
  • ११०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेठ १८ । संघीय समाजवादी फोरम पर्साका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदिप यादबले पदको दुरुपयोग गरी पत्नीलाई साविककै जागिर लगाएको पोल खुलेको छ । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले पत्नी पिंकी यादवलाई साविककै जागिर लगाएका हुन् । पर्सामा लोकप्रिय छवी बनाएका उनी निर्वाचन हारेकी पत्नीलाई पहिले कार्यरत स्कूलमै जागिर लगाएपछि कार्यकर्ता र उनलाई मत दिने मतदाताहरु झस्किएका छन् । मधेश आन्दोलनमा होमिएका हजारौ कार्यकर्ताहरुको मनोभावनाको बिपरित उनले आफनो जेठी श्रीमती पिंकी यादवलाई गत स्थानीय निर्वाचनमा शिकक पदबाट राजीनामा गर्न लगाई बीरगंज महानगरपालिकाको उपमेयर पदमा निर्वाचन भिडेका थिए । चुनाव हारेकी उनलाई बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेको बीरगंजस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा राहत दरवन्दी अन्तर्गत पुष २३ गते नियुक्ति गरिएको छ ।

कागजी प्रक्रिया पुरा गरेर ल्याएपछि दवावमै आफूले पुष ३० गते समर्थन गरेको जिल्ला शिक्षा अधिकारी बरखु रजकको भनाई छ । जिशिअ रजकले साँसद पत्नी पिंकीलाई साविकको मनियारी गाविसस्थित नेपाल राष्ट्रीय प्राथमिक बिद्यालयमै सरुवा मिलाई दिएका छन । जहाँ उनलाई पढाउने झन्झट ब्यहोर्नु पर्दैन । घरमै बसी बसी तलव खाने सुविधा प्राप्त हुने गरेको स्रोतको दावी छ । मनियारी सांसद प्रदीप यादवको आफनो गाउँ हो ।

प्रतिक्रिया दिनुहोस

लायन्स क्लब अफ लहान ...

रहमुल लहान ३० जेठ । लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लक् ...

सिरहामा दलित मानव अध ...

रहमुल लहान २९ जेठ । सिरहाको लहान सम्राट होटेलको सभाहलमा सिरहामा दलित मानव अधिकारको अवस्था र UPR सम्ब ...

सुनचाँदी व्यवसायीले ...

ओम प्रकाश यादव लहान, जेठ २९ । सुनचाँदी व्यवसायी महासंघले आफ्ना विभिन्न मागहरूसहित सरकारलाई दबाब दिन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१