मालती कोइरीको सास र लास अझसम्म ओझेलमा;समाचार लेख्ने पत्रकारलाई जेल चलाउनको धम्की

  • बैशाख ६, २०७८
  • ११३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार / सिरहा / बैशाख ६ गते सोमबार। पछिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ मा रहेको ससुराल घर अर्थात् श्रीमानको घरबाट बेपत्ता भएको १५ महिना भइसक्दापनि मालती कोइरीको अवस्था अज्ञात रहनुले परिवारिक चिन्ता बढिरहेको मालतीको बुबा श्री किसुन कोइरी बताउनुहुन्छ । १९ वर्षिय मालतीको विवाह सामाजिक परम्परा अनुसार विक्रम संवत् २०७५ वैशाख १ गते प्रतापपुर गाउँपालिका वडा नं ७ का ३० वर्षिय दीपेन्द्र बर्मासँग भएको थियो । विवाहपछि श्रीमान श्रीमती बीचमा परिवारिक सम्बन्ध सहज नभएको र बीच बीचमा दीपेन्द्रले मलतिलाई शारीरिक यातना दिँदै आएको थियो । विक्रम सम्वत २०७६ पुस २८ अघिसम्म माइतीको फोन सम्पर्गमा रहीआएको थियो ।

तर घटना घटिसकेपछि मालतीको बुबा मालती घरबाट बेपत्ता भएको खवर प्राप्त भएपछि मालतीको बुबा श्री किसुन कोइरी मालतीको ससुराल घरमा पुग्दा घरमा रगत र घर पछाडिमा धारिलो हतियार भेटाएका थिएँ त्यहाँ पुगेका प्रहरीले यो रगत होइन भनी खुट्टाले कुल्चेको श्रीकिसुन् कोइरी बताउनुहुन्छ । गाउँले र प्रहरीलाई मालती स्थानिय गण्डक नहरमा हाम फालेर आत्महत्या गरेको होलिन भन्ने विश्वासले नहरको पानीको बहाव काम गरी गोताखोर र लेन्समार्फत मालतीको लास खोजियो तर फेला पार्न सकिएन ।

त्यसपछि प्रहरीले दीपेन्द्र बर्माका केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने भनेर प्रहरी हिरासतमा राखियो तर अनुसन्धान नगरी पक्राउ गरिएका लाई सामान्य तारिखमा छोडियो फलस्वरूप मालतीको बुबा श्री किसुन कोइरी छोरीको लास र सासको लागि प्रधानमन्त्री कार्यालय , राष्ट्रिय मानअधिकार आयोग लगायत ७ वटा निकायमा निवेदन दर्ता गराउँदा पनि न्याय हालसम्म नपाउनु अनि मालतीको अवस्था हालसम्म अज्ञात रहनु चिन्ताको विषय मात्र नभई प्रशासनिक निकायमाथि विश्वास घटेको बुझिन्छ हुन् त यस्ता अपराध कुनै सामान्य योजनामा पक्कै पनि बनेको छैन ।

आपराधिक गतिविधिलाई नियन्त्रणको लागि कडाभन्दा कडा अनुसन्धान जरुरी छ । मालती कोइरिको घटना रहस्यमय भएकोले उनको हत्या पक्षात शवलाई लुकाएर राखिएको अवस्था हुनसक्ने अनुमान सहजै लगाउन सकिन्छ । साथै यस्ता समाचार सम्प्रेषण गर्दा पत्रकारलाई ६ महिनासम्मको जेल चलान गर्ने गराउने धम्कीले घटना रहस्य भएको सजिलै बुझ्न सकिन्छ त्यसैले मालती कोइरीको बारेमा अनुसन्धान हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१