मोहन माविका प्रअ यादब कार्यकक्षमै थुनिए

  • जेठ १८, २०७५
  • ८९२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १७ जेठ । मोहन मावि आबासीय प्राबिधिक बिद्यालय मिर्चैयाका प्रधानाध्यापक अशोक यादब र लेखापाल बिद्यासागर साहलाई बिद्यार्थीहरुले कार्यकक्षमै थुनिएको हो । जिल्ला शिक्षा कार्यालय सिरहाले उपलब्ध गराएको रकम दिनका लागि आवाज उठाउँदा प्रधानाध्यापक यादव र लेखापाल साहले गालीगालैज गरेपछि विद्यालयमा भेटेनरीमा अध्यनरत विद्यार्थीहरुले दुवैजनालाई विहिबार कार्यकक्षमै थुनिएका थिए ।  
 
प्रअ यादवलाई पटक–पटक रकम उपलब्ध गराउन आग्रह गरेपनि बेबास्ता गरेकोले बाध्य भई थुन्नु परेको विद्यार्थीले बताए । कार्यकक्षमै थुएिपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले बिद्यार्थीसंग ताला खोलेर छलफल गर्न आग्रह गरेपछि ताला खोलिएको थियो । 
यता, बिद्यार्थी, अभिभाबक, बिद्यालयका प्रअ, लेखापाल र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षबिच भएको छलफलमा छिट्टै रकम उपलब्ध गराउन बिद्यालय सहमत भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१