ताजा समाचार

मोहन माविका प्रअ यादब कार्यकक्षमै थुनिए

  • जेठ १८, २०७५
  • १०६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १७ जेठ । मोहन मावि आबासीय प्राबिधिक बिद्यालय मिर्चैयाका प्रधानाध्यापक अशोक यादब र लेखापाल बिद्यासागर साहलाई बिद्यार्थीहरुले कार्यकक्षमै थुनिएको हो । जिल्ला शिक्षा कार्यालय सिरहाले उपलब्ध गराएको रकम दिनका लागि आवाज उठाउँदा प्रधानाध्यापक यादव र लेखापाल साहले गालीगालैज गरेपछि विद्यालयमा भेटेनरीमा अध्यनरत विद्यार्थीहरुले दुवैजनालाई विहिबार कार्यकक्षमै थुनिएका थिए ।  
 
प्रअ यादवलाई पटक–पटक रकम उपलब्ध गराउन आग्रह गरेपनि बेबास्ता गरेकोले बाध्य भई थुन्नु परेको विद्यार्थीले बताए । कार्यकक्षमै थुएिपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले बिद्यार्थीसंग ताला खोलेर छलफल गर्न आग्रह गरेपछि ताला खोलिएको थियो । 
यता, बिद्यार्थी, अभिभाबक, बिद्यालयका प्रअ, लेखापाल र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षबिच भएको छलफलमा छिट्टै रकम उपलब्ध गराउन बिद्यालय सहमत भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤