खुट्टी नहर सिंचाईमा उप्रेती

  • जेठ १८, २०७५
  • ८६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १८ जेठ । स्थानीयतहमा जनप्रतिनिधि आउंनु अगाडि खुट्टी नहर सिंचाईको लागि पटक पटक विवाद हुंदै आएको थियो । तर, लहान नगरपालिकामा मेयर मुनि साह आएपछि हालै खुट्टी नहर सिंचाई उपभोक्ता समितिका अध्यक्षमा नारायण उप्रेती सर्वपक्षीय सहमतिमा चयन भएका छन् । उपाध्यक्षमा शत्रुघन मण्डल, सचिव मंजु गुप्ता, कोषाध्यक्ष रामतलेवर साह, सदस्यहरु श्यामप्रसाद गुप्ता, तुलसीराम यादव, रितादेवी महतो, आन्तरिकादेवी गुप्ता, विलेक्षण महतो, रामपृत महतो र मन्टुन चौधरी चयन भएका छन् । गठित समितिले लहानको मुटुमा रहेको दूई किलो मिटरसम्म आरसिसी ढलान गरेर काम अगाडि बढाउंने अध्यक्ष उप्रेतीले भन्दै नहरको पानी सिंचाईको रुपमा प्रयोग गरिने छ । यसलाई व्यवस्थित गर्न नहरको दुवै छेउमा सडक निर्माण गर्दै ठाउं ठाउंमा पुल समेत राखिने उहां बताउंछन् । थप सौन्दर्यताको लागि ठाउं ठाउंमा पार्क, सोलारवत्ती बनाउंने योजना रहेको छ । ५ बर्षको योजना रहेको यसको लागि ११ करोड बजेट विनियोजित गरिएको छ भने आठ सय विघा भन्दा बढीमा खेतीको लागि सिंचाई हुने अनुमान गरिएको छ । लहानमा लामखुट्टेको वासस्थान खोजी गर्न अभियान जिल्ला स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा आज लहानमा डेंगु तथा चिकनगुनया ज्वरो सम्बन्धि अभिमुखिकरण गरेको छ । लहान नगरपालिकाका प्रमुख मुनी साहका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानवारे सहजकर्ताहरुले जानकारी दिनुभएका छन् । कार्यक्रममा लहान अस्पतालका मेसु मुनेश्वर साह, लहान नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज भट्टराई, स्वास्थ्यकर्मी रत्नकुमार दास,सरोज कर्णलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीदेखि ...

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज ...

लायन्स क्लब अफ लहान ...

रहमुल लहान ३० जेठ । लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लक् ...

सिरहामा दलित मानव अध ...

रहमुल लहान २९ जेठ । सिरहाको लहान सम्राट होटेलको सभाहलमा सिरहामा दलित मानव अधिकारको अवस्था र UPR सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१