ताजा समाचार

सर्पको टोकाइले युवतीको ज्यान गयो

  • जेठ १७, २०७५
  • १०६० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १६ जेष्ठ ।कल्याणपुर नगरपालिका बडा नं. ६ भोक्राहामा सर्पको टोकाइले एक युबतीको मृत्यु भएको छ । कमला नदिको बगरमा तारबुजा टिप्न गएको बेला सर्प टोक्दा स्थानिय ततरा मियाँको १६ बर्षीय छोरी अमिदा खातुनको सोमबार ज्यान गएको बडा अध्यक्ष मोतिबुल राइनले बताए । युबतीलाई सर्प टोक्दा तत्कालै एम्बुलेन्सको व्यबस्था नहुँदा मृत्यु भएको बडा अध्यक्ष राइनका भनाइ रहेको छ । उनले भने “सर्प टोक्दा एम्बुलेन्स नहुँदा समयमा अस्पताल पुर्याउन नसक्दा युबतीको मृत्यु भएको हो, ढिलो गरी उपचारका लागि बन्दिपुर सेना क्याम्पमा पुग्दा त्यहाँ उपचार सम्भब नहुने डाक्टरले भनेपछि तत्कालै गोरख गण चोहर्बा पुर्याउने बित्तिकै युबतीको मृत्यु भयो ।”एम्बुलेन्सको कारणले जनताको ज्यान जान नदिनका लागि स्थानिय स्बाथ्य चौकीमा छिट्टै एम्बुलेन्सको व्यबस्था गर्ने बडा अध्यक्ष राइनले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤