ताजा समाचार

ठाडीमा प्रहरी र भन्सार कर्मचारीहरु खुद्रा भ्रष्टाचारीमा

  • जेठ १७, २०७५
  • ९८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान १७ जेठ । सिरहाको सिमावर्ती बजार ठाडीमा भन्सार कर्मचारीदेखि प्रहरीसम्म खुद्रा भ्रष्टाचारीमा लिप्त रहेको खुलासा भएको छ । बेलेकिया तथा तस्करहरुको लाईन नियमित चलेपनि जिल्लाले बेलाबखत कडाई गरेपछि सशस्त्र प्रहरी, प्रहरी र छोटी भन्सारका कर्मचारीहरुले व्यापक रुपमा खुद्रा भ्रष्टाचारी गरिरहेको छ । नेपालबाट दैनिक उपभोग्य सामाग्री खरिद गर्न भारतको लौकहा पुगेर फर्किदा उपभोक्ताहरुबाट दश—बीस तथा सय—पचासको दरमा रकम असुली गरिरहेका छन् । दैनिक दूई अढाई सय साईकल र सोही मात्रामा पैदल उपभोक्ताहरु भारतको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री खरिद विक्री गर्ने गरेको छ । खरिद गरि घर फर्किदा ठाडी स्थित सशस्त्र वेस क्याम्पले डाट लगाएर उपभोक्ताहरुबाट रकम असुलीको लागि प्रहरी खटाइएको छ ।

उता, छोटी भन्सार कार्यालय ठाडीले समेत कर्मचारी खटाएर खुद्रा रकम असुली गरिरहेको छ । भगवानपुर ४ का किसुन यादव भन्छन् —‘सशस्त्र प्रहरीले २० रुपैयां लिहालियो ।’ ‘घरको लागि एक हजारको खाद्यान्न सामाग्री मेरो साईकलमा थियो ।’ ‘यो असुली प्रहरीको पुरानै बानी हो ।’ किसानहरुले मलखाद्य ल्याउंदा प्रहरीले केरकार गरी रकम असुली गर्दै आएको छ । ठाडीमा सशस्त्र प्रहरीको हावी बढेपछि सिभिलका प्रहरी त्यति धेरै असुली गर्न नसकेको स्थानीयहरु बताउंछन् । भारतीय बजारबाट नेपालको विभिन्न बजारसम्म थौक मालसमान पुर्याउंने र त्यसक्षेत्रमा करिब एक दर्जन बेलेकिया तथा तस्करहरु रहेका छन् । तस्करहरुले सशस्त्र प्रहरी, प्रहरी र भन्सारलाई महिनावारीको आधारमा रकम बुझाएर मालसमान भित्र्याउंने गरेको छ । सशस्त्र प्रहरीका इन्स्पेक्टर एस बस्नेत भन्छन्—‘त्यस्तो केही छैन,विवाह तथा मर्दापर्दाको अवस्था हेरेर १५—२० हजारसम्मको माल भित्र्याउंन छुट दिन्छु ।’ ‘यसको लागि कुनै सिफारिस चाहिदैन ।’‘ यसमा को तस्कर को के त्यस्तो केही थाहा हुंदैन ।’

तस्करहरुले तेस्रो मुलुकको उत्पादन सामाग्री सिमा वारिपारी गराउंदा समेत प्रहरी र भन्सार कर्मचारी रकम खेलमा फस्ने गरेको छ । विगतमा त्यसक्षेत्रमा सुपारीको व्यापार उच्च रहेको थियो । अहिले चाइनाबाट आउंने स्याउ भारत पैठारी गराउंन प्रहरी र भन्सार सक्रिय रहेको छ । लहानमा स्याउको स्टोक हुने गरेको छ भने बसमा राखेर ठाडीबाट रातीको बखत प्रहरीकै निगरानीमा भारत पुर्याउंने गरेको छ । लहान ६ का गोपाल गुप्ता भन्छन् —‘एउटा बसमा ८० कार्टुनसम्म स्याउ लहानबाट जाने गरेको छ ।’ छोटी भन्सार ठाडीले पांच हजारसम्मको राजस्व काट्ने गरेपनि कम मूल्यांकन गरी लाखौको मालसमान नेपाल भित्राउंने गरेको छ ।

छोटी भन्सारका कर्मचारी शिव लम्सालका अनुसार बैशाखमा ३९ लाख ९ हजार७ सय र जेठ १५ गतेसम्म ९ लाख ७१ हजार ५ सय ५९ रुपैयांको राजस्व संकलन गरिएको बताए । नेपाल भारत खुला बोर्डरको कारण दैनिक उपभोग्य सामाग्री वाहेक लागुऔषधको कारोवार समेत त्यहां कसिलो रुपमा भइरहेको छ । घुस दिएर आएका कति मालसमान महेशवारी, लहान प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤