पत्रकार दुव्र्यवहार गर्ने प्रमुखलाई कारवाही गर

  • जेठ १६, २०७५
  • १०६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १६ जेठ । सिरहाका पत्रकार गणेश साह र सन्तोष यादवलाई जेठ १३ गते रिर्पोटिंगको क्रममा माडर भन्सारका प्रमुखले उनीहरुलाई दुव्र्यवहार गरेको छ । रिर्पोटिंगको क्रममा गरिएको यस किसिमको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ती जनाएको छ । सिरहाको माडर भन्सारका प्रमुख राजेन्द्र हमालले पत्रकारद्धय साह र यादवलाई गरिएको दुव्र्यवहारप्रति पत्रकार महासंघ सिरहा कारवाहीको माग गरेको छ । भन्सार प्रमुख हमाललाई कारवाही नगरे महासंघ चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कार्यालय संचालन रहेको बेला पत्रकारद्धय साह र यादवले कार्यालय प्रमुख हमालसंग मासिक राजस्ववारे डाटा माग गरेका थिए । प्रमुख हमालले ‘म संग टाईम छैन ।’ ‘सोधेर हाम्रो कार्यालय आउंनु होला ।’ ‘नत्र ठिक हुंदैन ।’ भन्दै फोटो लिईरहेका पत्रकारको मोवाईल खोसेर फुटाई दिएको छ । प्रमुख हमालले पत्रकारद्धयले लिएको फोटो डिलेट गर्न दवाव दिंदै हातपातको प्रयास समेत गरेको छ । पत्रकारद्धयसंग भएको दुव्र्यवहारवारे प्रदेश २ का आन्तरिक तथा कानुन मन्त्री ज्ञानकुमार यादव र सिरहाका प्रजिअ रुद्रप्रसाद पंडितलाई जेठ १४ गते सिरहामा जानकारी गराएका छन् । सोहीक्रममा प्रजिअ पंडितले भने ‘उजुरी हाल्नुस् कारवाही हुन्छ ।’ उता, नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर गुप्ताले ‘सार्वजनिक ठाउंमा गरिएको हातपातको प्रयास गलत हो ।’ ‘यस्तालाई अपराधी शैलीका प्रमुखलाई सार्वजनिक मुद्दा हालेर हिरासतमा लिनुपर्ने’ बताएका थिए । यसप्रति प्रजिअ पंडितले मुद्दा प्रक्रिया अगाडि बढाउंने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१