मिर्चैयामा शान्ति सुरक्षा फितलो मेयर यादव

  • जेठ १५, २०७५
  • ७७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, १५ जेठ । सिरहाको मिर्चैया क्षेत्रमा सुरक्षा व्यवस्था फितलो रहेको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बताएका छन् । ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाले आज गरेको पत्रकार सम्मेलनमा मेयर यादवले ‘दिउंसै गुण्डा आएर कांलेज प्रमुखलाई कुटपिट गरेको छ । ’ ‘कुटपिट गर्ने कांलेजका पूर्व प्रमुख संजयकुमार साहलाई प्रहरी प्रशासनले तीन दिनमै रिहा गरिएको छ ।’‘शान्ति सुरक्षाको अवस्था दयनीय रहेकोले बजार र ग्रामिण क्षेत्रमा गुण्डागर्दी पहिले भन्दा ह्वातै बढ्ेको छ ।’ उहांले बताउंनुभयो ।

ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाका निमित्त प्रमुख उमेश साह कुटिएपछि पूर्वप्रमुखलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो । कलेज संचालनको समयमा निमित्त प्रमुख उमेश साहलाई कलेजका पूर्वप्रमुख संजयकुमार साहको नेतृत्वमा रहेको समूहले कलेजमा पुगेर कुटपिट गरेपछि पूर्व प्रमुख साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको थियो । प्रमुख साहलाई पूर्व प्रमुखका समूहले जेठ ३ गते कांलेज संचालनकै बेला कुटपिट गरिएको थियो । प्रमुख साहले भने ‘म माथी अन्याय नै भएको छ ।, ‘मलाई न्याय चाहियो ।’ ‘गुण्डाहरुको कुटाईले मेरो लेफ्ट साईडको टाउंको भित्रीरुपले फ्याक्चर र नाक अझै पनि दुख्ने गरेको छ ।’ ‘पेन किलर खाएर पीडा सहन गरिरहेको छु ।

’ ब्रह्मानन्द कांलेज मामा मधुरी साह र पूर्व प्रमुख उमेश साहको पेवा नै भएको स्थानीयहरुको दावी छ । करिब ६ बर्षदेखि मधुरी साह कांलेजको व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् । अध्यक्ष साहले आफ्ना भन्जालाई कांलेजको प्रमुख बनाएर पांच कठ्ठा जग्गा दान गरिएपनि त्यसको बद्लामा कलेजको नाममा रहेको करोडौंको जग्गा उपयोग गरिरहेका छन् । मामा मधुरी साह र भन्जा उमेश साह मिलेर बिना प्रतिस्पर्धा शिक्षक भर्ना गरेको, कलेजको आय व्यय पारदर्शी नगरी लेखापरीक्षण गरिएको, कर्मचारीहरुलाई लामो समयदेखि तलब उपलब्ध नगराएको आरोप रहेको छ । त्यस्तै, कलेजको भवन निर्माणका लागि प्राप्त आएको अनुदान रकम अनियमितता गरेको, कलेजको नाममा विभिन्न निकायमा कीर्ते कागजात पेश गरेको लगायतका आरोप लगाउँदै कलेज संचालक समितिले २०७४ पुस १२ गतेको निर्णय अनुसार तत्कालीन कलेज प्रमुख साहलाई पदमुक्त गरी उप–प्राध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि विवाद चुलिएको हो ।

पूर्वप्रमुखको रिट पनि खारेज संचालक समितिले उमेशलाई निमित्त कलेज प्रमुख बनाएपछि असन्तुष्ट बनेका तत्कालीन प्रमुख साहले उच्च अदालत जनकपुरको राजविराज इजलासमा दायर गरेको रिट २०७४ चैत २५ गते खारेज भएको थियो । अदालतले रिट खारेज गरेपछि कलेज संचालक समितिका अध्यक्ष मधुरी साहले अदालतको आदेशको अवहेलना गर्दै २०७४ चैत २६ गतेदेखि लागू हुने गरी संजय कुमार साहलाई कलेज प्रमुख नियुक्त गरेपछि विवाद उत्कर्षमा पुगेको हो । कलेज संचालक समितिको म्याद पछिल्लो मंसिर १६ गते सकिएपछि त्रिविले मधुरी साहलाई समितिको अध्यक्षमा पुनः ६ महिनाको लागि म्याद थपेर पाँच सदस्यीय समिति बनाई विधान संशोधन गर्न जिम्मा दिएको भएपनि उनले कार्यादेशविपरीत कलेज प्रमुख नियुक्त गरेको हो । नियमित पठनपाठनको मागसहित पछिल्लो माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेपछि निमित कलेज प्रमुख उमेश साहको उपस्थितिमा ४ बुँदे सहमति गरी वैशाख ६ गतेदेखि कलेज संचालनमा आएको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामल सुब्बाले ‘शान्ति सुरक्षाको निवेदन दिए हामी प्रमुख उमेश साहलाई संरक्षण गर्न तयार छु ।’ ‘यसको लागि प्रहरी निगरानी बढाउंछु र अपराधीलाई नियन्त्रण लिने जिम्मा हाम्रो हो ।’

प्रतिक्रिया दिनुहोस

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१