Siraha Times
ताजा समाचार

दाङमा बस दुर्घटनाः दुई जनाको मृत्यु

  • चैत २१, २०७७
  • १४६० पटक पढिएको
  • रामएकवाल राम
alt

दाङ चैत्र,- घोराही लमही सडकखण्डको मसोटमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए ।

घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१