ताजा समाचार

अर्नामा गापाका प्रमुख विरुद्ध आन्दोलन

  • जेठ १५, २०७५
  • १२८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक सिरहा, १५ जेठ । सिरहाको अर्नामा गाउंपालिका प्रमुख ठकु महतोले आफ्ना कार्यकर्तामुखी निर्णय गरेको आरोपमा नेपाली कांग्रेसका नेता कार्यकर्ता आन्दोलित भएका छन् । गाउंपालिका प्रमुखले कृषि, स्वास्थ्य, शिक्षा जस्ता जनताका प्रत्यक्ष लाभ हुने काममा न्यून रकम विनियोजित गरेकोले बैशाख १६ गते उनीहरुले ज्ञापनपत्र दिएका थिए । महिनो वितिसक्दा ज्ञापनपत्रको जवाफ नआएपछि कांग्रेस नेता कार्यकर्ता आन्दोलित भएका छन् । गाउंपालिकाले कार्यकर्ता पाल्न मठ मन्दिर, माटो कच्ची सडकमा बढी लगानी गरेको छ । मोटरसाईकल, ट्रायक्टर, घरमा दोहोरो लगाएको छ । समाजिक सुरक्षा भत्ता नबढाएको आरोप छ । कर्मचारी नियुक्ति गोप्य ढंगले गरिएको ,विना कोटेशनको दर्जनो गाडी भाडामा लिने तथा खरिद गर्ने, सडक निर्माण विना मापदण्डको रहेको, प्रतिपक्ष नेपाली कांग्रेसलाई विकास कार्यमा सहभागी नगराएको ,गठन गरिएका उपभोक्ता समिति तथा अस्टिमेटलगायतको प्रतिलिपि माग गर्दा वेवस्ता गरिएकोले आन्दोलनमा जानुपरेको गाउंपालिकाका पराजित प्रमुख रामअधिन यादवले बताए । उनले हाम्रा माग पुरा नभए जेठ २ गतेदेखि गापा परिसरमा १० देखि १२ बजेसम्म शान्तिपूर्ण धार्ना दिने, जेठ २७ गतेदेखि विहान १० बजेदेखि १२ बजेसम्म कार्यालयको कामकाज ठप्प पार्ने र शान्तिपूर्ण विरोध जुलुस र कोणसभा गर्दै सशक्त आन्दोलन गर्ने संघर्ष समितिका समेत संयोजक रामअधिन यादवले बताए । वडा ५ मा ३ लाखको ५ मिटर सडक निर्माणमा १ लाखसम्मको पनि काम नभएको स्थानीयको दावी छ । उपभोक्ता समितिका सदस्य रहेपनि भोला महतोकी बुहारीलाई जानकारी समेत नरहेको तर नक्कली कागजातको आधार रकम निकासी गरिरहेको छ । परिषद् अगावै कामकाज गरेको र अहिले उपभोक्ता समिति बनाएर रकम निकासामा लागेको गापा प्रमुखमाथी आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤