ताजा समाचार

विदेशको मासिक ३ लाख त्यागेर राजेश्वर वडाध्यक्ष, गाउंमा विकासको रफ्तार

  • जेठ १५, २०७५
  • १२८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, १५ जेठ । जनताको आग्रहमा विदेशमा ३ लाखको महिना कमाउंदै आएका राजेश्वर साह वडा अध्यक्ष बनेका छन् । अध्यक्ष साह आफ्ना गाउंठाउंलाई विकासको गति दिन आफ्नै निजी घर नै भत्काएर सडक मर्मत गरेका छन् । लक्ष्मीपुर पतारी ६ सितापुरका अध्यक्षमा निर्वाचित भएपछि आफ्ना वडाको ३२ वटा शाखा सडक र एउटा मुख्य सडक निर्माण तथा मर्मत गरेर विकास प्रेमी भएका छन् उनी । सितापुर बजारदेखि दक्षिण पथरगाडा धारसम्म २ किलो मिटरको सडकलाई २२ फिटबाट ३४ फिट चौडाईमा विस्तार गरेको छ । सोही सडक विस्तारको क्रममा अध्यक्ष साहले सबैभन्दा पहिलो आफ्नो कम्पाउण्ड वाल र घरको बरन्डा भत्काएर ग्राभेल मर्मत कार्य अघि बढाएको हो । मुख्य र शाखा सडक गरी ९० प्रतिशत ग्राभेलको काम गरिएको वडा सचिव फेकु यादवले बताए । सडक निर्माण तथा मर्मतसंगै अध्यक्ष साहले कृषि विधुतीकरण, खानेपानी र मठ मन्दिरको जिणोद्धारको काम गरेको छ । स्वास्थ्य चौकीको मर्मत र रंगरोगन समेत गरेर वडा नम्बर ६ लाई विकासको रफ्तार दिएको स्थानीय नथुनी साह र लिला परियार बताउंछन् । सितापुरमा सोलखर, कल्याणपुर, दवारी, सितापुर बजारलगायतको सडकमा यत्तिबेला खाल्टाखोल्टी पुरिएको छ भने विकासको गतिले सडकहरु दुरुस्त बनेको स्थानीय मलारी पासमान बताउंछन् । स्थानीय रामचन्द्र राम भन्छन् —‘लाखौको जागिर त्यागेर आएका अध्यक्ष साहले गरेको कामप्रति हामी खुशी छु ।’ ‘हामीले चाहेको अध्यक्ष पाएको छु ।’ ‘दलित गरिबको शिक्षा स्वास्थ्यप्रति पनि उतिकै जागरुक भएर काम गरिरहेको महसुस भइरहेको छ ।’ सुनिता साह भन्छीन् —‘ यहां पहिले खाल्टाखोल्टी थियो बेलगाडा चल्न पनि कठिनाई थियो ।’ ‘अहिले विकास भएपछि गाडीघोडा सहज रुपमा चल्न थालेको छ ।’‘अध्यक्षको कामप्रति हामी धेरै नै खुशी छु ।’

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤