ताजा समाचार

जनकपुरधाममा अन्तरगृह,१५ दिने मध्य परिक्रमा आज सम्पन्न हुँदै,

  • चैत १५, २०७७
  • १४३८ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम :-१५ दिने धार्मिक यात्रा मध्य परिक्रमा आईतवार अन्तरगृह परिक्रमा पश्चात सम्पन्न हुदैछ ।

भारतको बिसौल बाट शनिवार विहान जनकपुरधाम पुगेको परिक्रमावासी आईतवार जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन् । फागुन औसि अर्थात २९ फागुनदेखि धनुषा मिथिला विहारी नगरपालिकको ठेरा कचुरी स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला र जनकपुरधामको अग्निकुण्ड लगायतका मठबाट ल्याएका जानकी जीका डोलाहरुलाई समावेश गरि परिक्रमाको यात्रा सुरु गरिएको थियो ।

 

अन्तर गृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलि पल्ट जनकपुरसहित यस क्षेत्रमा होलि पर्व मनाईने चलन छ । नेपाल र भारतका धार्मिक ऐतिहासिक ठाँउहरु समेटने यस परिक्रमा अन्तर्गत नेपाल तर्फ ९० किलो र छिमेकी मुलुक भारत तर्फ ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको पैदल यात्रा गरि पक्रिमावासी जनकपुरधाम पुगेका हुन । मिथिला माहात्ममा वर्णन गरिएको मध्य परिक्रमको शुरुवात १८ औ शताब्दी भन्दा केहि अगाडी भएको वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले बताए ।

परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरधामको अन्तर गृह परिक्रम गरि मध्य परिक्रमा गरिन्छ । मिथिलाञ्चल क्षेत्रमा पर्ने भुमि संसारका सर्व श्रेष्ठ भुस्थल रहेको हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

प्राचिन मिथिलाका सीरध्वज राजा जनकले आफ्ना राज्यमा खडेरी परेको वेलामा हलो चलाउदाँ आदि शक्तिको रुपमा सीता प्रकट भएकी थिईन । त्यसैगरि, करिव ५ हजार वर्ष पुर्व धर्म साँस्कृति तथा दैनिक जीवन यापनको विषयमा संसार अनभिज्ञ रहेको समयमा प्राचिन मिथिलाको राजधानी जनकपुरधाम ठूलठूला ऋषि–महर्षिहरू तथा विद्वानहरू विभिन्न विषयमा शास्त्रार्थ गर्दथे । याज्ञवल्क्य, अष्टबक्र, शुकदेव जस्ता दाशर्निक विद्ववानहरू सृर्जना र ऋषि–महर्षिहरू साधना लिप्त रहन्थे । संसारका ६ वटा पुर्वीय दर्शन मध्ये ४ वटा न्याय, बैशाखीक, शंख र निमागशा यसै क्षेत्रमा लेखिएको साहित्यार डा.बिमलको भनाई छ ।

त्यसैगरि, त्रेता युगमा भागवान विष्णुजी आफ्नो साकेत धामबाट यस लोक अवधमा रामचन्द्रको रुपमा अवतरित हुदाँ महालक्ष्मी पनि सम्पुर्ण बैकुण्ड धामलाई संगै लिएर मिथिलाको यस पवित्र भु–भागमा प्रकट भएकी धार्मिक जनविशवास छ । यि विभिन्न विशेषताले भरिपुर्ण निरपुर्ण यो भुमि हिन्दुमा अस्था राख्नेको लागि पुजन्यि र दैवस्थल रहेकोले यो क्षेत्रको परिक्रमा गर्दा मोक्ष प्राप्त,मृत्यु पश्चात वैकुण्डमा वास हुने तथा चिताएको कुरा प्राप्त हुने जनअस्था रहेको साहित्यकार डा.बिमलले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤