मिर्चैया : दुर्घटना न्यूनीकरण गर्न सवारीसाधन चेकजाँचमा कडाई

  • जेठ १५, २०७५
  • १७६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १४ जेष्ठ । सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज (प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको ईन्चार्ज चौधरीले बताए । उनले भने “नियम विपरीत सबारी चलाउने चालकलाई कुनै पनि सर्तमा छाड्न सक्दैनौं, आवश्यकता भन्दा बढी यात्रु कोच्ने बस, माइक्रोबस, म्याजिक भ्यान, हाइस ट्रक जस्ता सबारीलाई कार्वाही प्रक्रिया अगाडी बढाएको छौ ।” 
यात्रुहरुको चाप बढी हुने स्थान तथा रुटको पहिचान गरी सवारी चेकजाचमा कडाइ गरिएको उनले बताए । यात्रु बोक्ने बसदेखि सामान ढुवानी गर्ने ट्रक लगायतका सम्पूर्ण सवारी साधनहरुमाथी कडा चेकजाँच थालिएको ईन्चार्ज चौधरीले बताए । उनले भने “दुर्घटना कम गर्न अहिले कडा रुपमा लगेका छौ” यात्रुहरुलाई पनि यसमा सजग हुनु जरुरी छ ।” ट्राफिक नियमको पूर्ण पालना, ओभरलोड, यात्रुहरुको चाप र सवारी साधनमा यात्री संख्या लगायतका विषयमा सुरक्षा जाँचमा कडाई गरेको उनले बताए । सिट बाहेक यात्रुहरुलाई पनि उभिएर यात्रा नगर्न ईन्चार्ज चौधरीले अनुरोध गरेका छन् । उनले भने “यात्रुहरुले पनि बुझ्ने कुरा हो, तर बुझ्दैनन् बरु झुण्डिएर यात्रा गर्छन’ हामी अब जनचेतना फैलाउनमा पनि लागेका छौं, जनचेतनाले यात्रुहरु सजग हुन्छ भन्ने हामीले बिश्बास लिएका छौं ।” झुण्डिएर यात्रा गर्दा दुर्घटना हुने भन्दै उनले यात्रु राखिसकेपछि ढोका बन्द गरेर मात्र सवारी चलाउन चालकहरुलाई अनुरोध गरेको हुन् । 
 
मातहतका क्षेत्रहरुमा छड्के चेकिंग र भिगरस चेकिंग खडागरी मादक पदार्थ तथा बिभिन्न प्रकारका नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथी कडा निगरानी बढाईएको ईन्चार्ज चौधरीले बताए । त्यस्तै, मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने प्रबृति बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने उनले दाबी गरे । अहिले बिभिन्न स्थानहरुमा दिउँसो तथा रातीको समयमा चेक प्वाईन्ट खडा गरी सवारी साधन चेकजाँचमा कडाई गरिएकोले दुर्घटनामा कमी आएको ईन्चार्ज चौधरीले बताए ।
 
बढदो सवारी दुर्घटना न्युनिकरणका लागि चालक तथा सहचालकहरुलाई भेला गरी सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाउने काम भईरहेको उनले बताए । ग्रामिण क्षेत्रमा जाने सवारी साधनले यात्रुसंगै छतभरी सामान बोक्ने परम्परा बढ्दै गएकाले त्यसलाई कडाइ गरी नियन्त्रण गर्ने ईन्चार्ज चौधरीले बताए । चेकजाँचमा कडाई गरेपछि राजस्वमा बृद्धि भएको समेत उनले दाबी गरे । 

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१