ताजा समाचार

पत्रकारसंग समन्वय र सहयोग गर्न प्रतिबद्धः मुख्यमन्त्री राउत

  • जेठ १३, २०७५
  • ८६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

जेष्ठ १२ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल पत्रकार महासंघ प्रदेश २ को टोलीलाई राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारसंग समन्वय र सहयोग गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । आईतबार जनकपुरमा मुख्यमन्त्री राउतसंग भेट्न गएका पत्रकार महासंघको टोलीसंग भेटघाट गर्दै पत्रकारको समस्याबारे आफुलाई जानकारी रहेकोले पत्रकारको हकहीत र सुरक्षाको सवालमा गम्भिर रहेको बताउनु भयो । वहाँले मुलुक संघीयतामा प्रवेश गरेतापनि संघिय सरकारले संघियतालाई स्थानीय तहसम्मको व्यवस्थापन हुन नसकेकाले सबै प्रदेशको अवस्था दयनीय रहेको अवगत गराउदै मुख्यमन्त्री राउतले नेपाल पत्रकार महासंघलाई ध्यानमा राख्दै कार्यालय व्यवस्थापन, पत्रकारको दक्षता अभिवृद्धि, सीप, तालिम, पत्रकारको हकहीत र सुरक्षाको सवाल प्रति बजेट बजेटमा विनियोजन गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको समस्या, अभाव र जनताको लागि कार्य गर्नको लागि अग्रसरता लिईरहेको बताउदैँ वहाँले पत्रकारसंग कसैको प्रभावमा नपरी सकारात्मक समाचारहरु प्रकाशन तथा प्रसारण गरिदिन आग्रह गर्नुभयो ।वहाँले मोफसलबाट प्रकाशन तथा प्रसारण हुने प्रिन्टिंग तथा विद्युतीय संचारमाध्यमलाई ध्यान राख्दै समानुपातिक विज्ञापन प्रणाली वितरणको लागि हामी तयार रहेको बताउदैँ मुख्यमन्त्री राउतले यसको लागि आवश्यक पहल लिनेमा विश्वस्त रहन आग्रह गर्नु भयो ।
पत्रकारहरु माथि राज्यबाट भईरहेको विभिन्न खाले धाकधम्कीको घटनालाई लिएर हामी स्तब्ध रहेकोले गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो ।नेपाल पत्रकार महासंघ प्रादेशिक उपाध्यक्ष केसी लामिछानेले मुख्यमन्त्रीसंगको भेटघाटमा प्रादेशिक सरकारलाई सघाउन र साझेदारी गरी अघि बढ्न लालायित रहेको बताउदैँ प्रदेश सरकारसंग समन्वय र सहयोगको अपेक्षा जतिसुकै बेला रहेको स्पष्ट पार्नु भयो ।मुख्यमन्त्री राउतसंग भेटघाट गर्ने टोलीमा प्रदेश समितिका उपाध्यक्ष रिंकु मिश्र, महासचिव किरण कर्ण, कोषाध्यक्ष प्रविण साह, सदस्यहरु अजय साह, बैद्यनाथ चौधरी र हदिस खुद्दार लगायतका थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤