शिक्षा सुर्धार गर्न समाजमा एकता आवश्यक

  • चैत १३, २०७४
  • ४६३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १३  । शिक्षामा देखिएको विकृति र वेथितिलाई सुर्धार गर्नका लागि समाजमा एकता आवश्यक भएको जिल्ला शिक्षा कार्यालय सिरहाका विधालय निरिक्षक भवानी कटेलले वताए । विधालयमा गुणस्तरिय शिक्षा प्रदान हुन नसक्नुमा अभिभावकको पनि कमजोरी रहेको वताए । समाजका अगुवाले विधालय प्रशासनको सधै विरोध गरेर मात्र शिक्षा गुणस्तरिय नहुने तर्क गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकाद्धारा सिरहाको लक्ष्मीपुर पतारी गाउपालिकाको वडा नं ६ सितापुरमा गठित मानव अधिकार निगरानी समुहको आयोजना तथा वडा कार्यालय  सितापुरको सहकार्य र रामा महन्थी यादव जनता माध्यमिक विधालय सितापुर प्र.ध.को समन्वयमा आयोजित स्थानीय तहमा शिक्षाको अधिकार र गुणस्तरिय शिक्षाका लागि शैक्षिक वहस÷संवाद कार्यक्रममा विधालय निरिक्षक कटेलले यस्तो वताएका छन् । 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिरहाका श्रोत व्यतिm एकलास कुमारी यादवले शिक्षामा सरकारले लगानी गरेअनुसारको उपपलब्धी हासिल हुन नसक्नुमा अभिभावकको पनि कमजोरी रहेको वताइन । उनले भने समाजले नजिकबाट विधालयलाई अनुगमन गरे गुणस्तरिय शिक्षा प्रदानमा निकै सुधार आउने वताए । सरकारले शिक्षालाई स्थानीय तहमा दिएको अधिकारलाई वडा कार्यालयले सदुपयोग गरि प्रभावकारी शिक्षा प्रदान  गर्न वातावरणको सृजर्ना गर्नुपर्ने आवश्यकता रहेको वताइन । शिक्षामा परिवर्तनका लागि विधालयका प्रअ.शिक्षक व्यवस्थापन समिति र अभिभावकले अव रोल परिवर्तन गुर्नपर्ने वताए । विधालय प्रशासनलाई दोष लगाएर गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्ने वताए । त्यसका लागि समाजले अभिभावको भुमिका खेल्नुपर्ने  वताए । समाजले एैनाको रुपमा रोल खेल्नुपर्ने वताइन । 

शिक्षामा विनियोजन गरेको वजेटको सही सदुपयोग गर्न नसकेका कारण विधालयमा संचालनमा समस्या देखा परेको वताए । राज्यले दिएको वजेटमा पार्दशितता र जवाफदेहीता बुझे शिक्षामा परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरिन । कार्यक्रममा नेपाल राष्ट्यि अभिभावक संघ सिरहाका अध्यक्ष तथा समाजिक अभियानता धिरेन्द्र साहले गुयास्तरिय शिक्षा प्रदान गर्नका लागि बाहिरबाट कसैले आएर वनाउने होइन त्यसका लागि समुदायले अग्रसरता लिनुपर्ने वताए । समाजले अग्रसरता नलिए शिक्षाको निति सुधार त हुन्छ तर मानसिकतामा परिवर्तन कहिले नआउने वताए । 

उनले भने विधालयमा देखिएको समस्या समाधान स्थानीय स्तरवाटै समाधान हुने वताए । सोका लागि अभिभावकले अगुवाई गर्नुपर्ने वताए । विधालयबाट गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि मानसिकता र नैतिक जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको वताए । जिम्मेवार व्यतिmहरुले नैतिक जिम्मेवारी नलिदा समस्या बल्झेको वताए । स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गरि वातावरणमैत्री सहकार्यात्मक तरिकाबाट शिक्षालाई सुर्धार गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा लक्ष्मीपुर गाउपालिका वडा नं ६ का वडा अध्यक्ष राजेश्वर साहले शिक्षामा देखिएको मनापोलि र पहिले देखि चलिआएको परम्परागत सोचबाट ग्रसित शिक्षालाई आधुनिक र गुणात्मक शिक्षा प्रदान गर्ने वातावरणको सृजर्ना गर्ने वताए । त्यसका लागि विधालय अभिभावक र समाजको साथ आवश्यक रहेको वताए । 

आफुले शिक्षा प्रति अतिसंवेदनशिल रहेको भन्दै यस क्षेत्रमा अन्य क्षेत्रको लगानी भन्दा दोब्बर रहेको वताए । शिक्षा प्रभावकारी वनाउनका लागि आफुले समय समयमा अनुगमन र अन्तरक्रियात्मक कार्यक्रम समेत संचालन गरिरहेको वताए । शिक्षा क्षेत्रलाई स्थानीय तहले गुणस्तरिय वनाउनका लागि कुनै कसर बाकि नराख्ने वताए । त्यसका लागि विभिन्न संघसस्थाहरु संग सहकार्य गरि शिक्षामा सुधार गर्न लागि परेको वताए । कार्यक्रममा वडा भरिका प्रधानाध्यापक,विधालय वयवस्थापन समितिका अध्यक्ष,राजनीतिक दलका प्रतिनिधि,समाजसेवी,संधसस्थाका प्रतिनिधि,संचारकर्मी मानव अधिकारकर्मी र मानव अधिकार निगरानी समुह सितापुर प्र.ध.का सदस्य लगायत करिब ७० जनाको सहभागिता रहेको थियो । मानव अधिकार निगरानी समुह सितापुर प्र.ध.का संयोजक नन्द किशोर चौधरीको अध्यक्षतामा सम्पन्न भएका थिए । यो समाचार सरगम खवरबाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१