ताजा समाचार

राजपा ले दिए संगठन मा जाेड, संविधान संसाेधन नगरे आन्दोलन को सुनामी आउने : नेता सिंह

  • जेठ ११, २०७५
  • १५६७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सप्तरी , १० जेठ । राष्ट्रिय जनता पार्टी ले संगठन मजबुत पार्न गाउँ स्तरीय भेला एवं अन्तरक्रिया लाई विशेष जोड दिएका छन । हालै बलान बिहुल गाउपालिका को मौवहा गाउँमा गरिएको कार्यकर्ता भेला ले विभिन्न निर्णय गरि सार्वजनिक गरेका छन ।

उक्त भेला ले बलान बिहुल गाउपालिका को ६ वटै वडा लाई सक्रिय गर्न वार्ड कमिटी गठन गरेको छ । प्राप्त जानकारी अनुसार वार्ड न. १ मा अध्यक्ष को लागि रामेश्वर यादव, वार्ड न. २ मा गगन (अमीत) गोईत, वार्ड न. ३ मा राम बिलास यादव, वार्ड न. ४ मा विरेन्द्र यादव, वार्ड न. ५ मा सम्पैत यादव र वार्ड. न. ६ को लागि दर्शन महरान लाई अध्यक्ष पदको लागि चयन गरिएको छ ।

नेता राम विलास यादव काे अध्यक्षता मा बसेको सो बैठक ले विभिन्न गते मिति र स्थानमा कार्यक्रम लाई निरन्तरता दिने निर्णय गरेका छन । जेठ ११ गते वार्ड न. १ को सरस्वती बजार , १२ गते वार्ड न. २ को चन्ही, १३ गते वार्ड न. ३ को मौवहा हटिया, १४ गते वार्ड न. ४ को बजरङ्गबली मन्दिर, १५ गते वार्ड न. ५ को कविर बजार र १६ गते वार्ड न. ६ को सेहरा मा. बि मा कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ। साथै सबै कार्यक्रम को समय दिउँसो १ बजे तय भएको जनाईएको छ ।

कार्यक्रम मा बोल्दै राजपा नेपाल का उपाध्यक्ष मृगेन्द्र सिंह यादव ( राज बाबू) ले भने "आउदो दिनमा राजपा ले नै मधेस लाई निकास दिनेछ । " नेता सिंह सरकार को रवैया प्रती असन्तुष्टि व्यक्त गर्दै भने "सरकार ले संविधान सन्सोधन नगरे आन्दोलन को सुनामी ल्याउछौं "

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤