धनगडीमाई १४ मा वडा स्तरीय शिक्षा सम्मेलन सम्पन्न

  • चैत ७, २०७७
  • १५८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार नवसंग्राम दैनिक लहान,चैत्र ०७ गते । सिरहाको साविक गाउँ विकास समिति विष्णुपुरकट्टी ३ सरे खोला तथा हाल धनगडीमाई नगरपालिका १४ मा हिजो शुक्रबार वडा स्तरीय शिक्षा सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ। मदन भण्डारी मावि प्राङ्गणमा आयोजित कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ठरेन्द्र राई , प्रमुख अतिथि नगर प्रमुख हरिनारायण चौधरी , अतिथिहरु उपमेयर फुलकुमारी श्रेष्ठ , शिक्षा अधिकृत बुद्धिमान दनुवार , आरपी प्रदिप साह रहेका थियोे । यो सँगै मदन भण्डारी मावि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुवास बाबु हमाल , हृषलाल महतो , अशोक मगर , शेर बहादुर मगर , महेश्वर प्रसाद मण्डल , बौद्धिक व्यक्तित्व दुर्गा खड्का लगायतका सहभागितामा आयोजित कार्यक्रमको संचालन जनक परियारले गरेका थिए।

No description available.

राष्ट्रियगानबाट कार्यक्रम शुरु भएको थियोे भने अतिथिहरु स्वागत नृत्यको मार्फत स्वागत गर्दै स्वागत भाषण विद्यालयका सहप्राध्यापक रेखा कुमारी राईले गरेकी थिईन। नगरलाई शिक्षामा परिवर्तन गर्ने उदेश्यका साथ माघदेखी थालिएको सम्मेलन १३र१२ मा सम्पन्न भई सकेर हिजो सरे अम्वास १४ न. वडामा गरेका थियोे । कार्यक्रममा वडा अन्तर्गत चट्टान प्रावि , जनता उत्तर प्रावि , नन्दन आधारभूत विद्यालय लगायत ४ अोटै विद्यालयका प्रध्यापक , शिक्षक , अभिभाट, जनप्रतिनिधि , आम अभिभावक , विद्यार्थी , लगायतका बिच कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा शिक्षामा सुधार बारे विभिन्न ५ अोटा समुहको निर्माण गरेर छलफल आम समूह , विद्यार्थी समूह , शिक्षक समूह , बौद्धिक समुह लगायतकाले आफ्ना धारणा राखेका थिए।

No description available.

शिक्षामा व्यापक सुधार आजको आवश्यकता हो यसमा समुदाय जोडदार रुपमा लाग्नुपर्ने मेयर हरिनारायण चौधरीले भनेका थिए। कुविचारलाई गेट बाहिर राखेर विद्यालयमा प्रवेश गर्नुपर्ने धारणा बौद्धिक व्यक्तित्व दुर्गा खड्काले राखेकी थिईन । विद्यालय प्रति सवैको सकारात्मक चिन्तन हुनुपर्ने धारणा युवा नेता अमित ठकुरीले राखेका थियोे । विद्यालय सुधारमा आफु कटिबद्ध रहेको वडा अध्यक्ष ठरेन्द्र राईले भनेका थिए। सरसफाई सबै लाग्नुपर्ने उपप्रमुख श्रेष्ठले बोलेकि थिईन । उल्लेख सहभागिता बिच कार्यक्रम सम्पन्न चियापान गरी बिहान १०:०० बजेदेखि साँझ ४:५५ मा सम्पन्न भएको सहकर्मी बिनोद मण्डलले बताए ।

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विशेष धार ...

ओम प्रकाश यादव लहान फाल्गुन ०३ । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. १ तामासुईयास्थित शिव मन ...

लहानका आरजे यादवलाई ...

फाल्गुन–०३, लहान। लहानका युवा प्रतिभा आरजे शियाराम यादवले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित AS ...

लहानमा अभिभावक दिवस ...

ओम प्रकाश यादव लहान,फाल्गुन ३ । लहान नमुना इङ्लिस बोर्डिङ स्कुल (लहान–४) र नेशनल एकेडमी (लहान& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१