ताजा समाचार

धनगढीमाईले ड्रोन उडाउंदै, विकासको लक्ष्यतर्फ बढ्दै

  • जेठ ११, २०७५
  • ७६८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान, १० जेठ । सिरहाको धनगढीमाई नगरपालिकाले समृद्ध बनाउन आफ्ना नगरक्षेत्रलाई नक्सांकनको लागि अत्याधुनिक प्रविधि ड्रोनको प्रयोग गर्न थालिएको छ । ‘ड्रोन क्यामेरा’को प्रयोग गरी नगरको भौगोलिक अवस्थाको तस्बिर र भिडियो संकलन गर्न थालिएको नगरपालिका प्रमुख हरिनारायण चौधरीले बताएका छन् । बुधवार ड्रोन उडाएर नगरको विभिन्न ठाउँको तस्विर र भिडियो खिच्न शुरु गरिएको उहांले बताउंनुभयो । प्रमुख चौधरीले ‘नगरभित्र कुन कुन ठाउँ कस्तो विकासको योजना आवश्यक छ, त्यसका लागि डिजिटल म्यापिङ्ग आवश्यक रहेकोले यो प्रविधिको सहयोग लिएको हो ।’ विकास र समृद्धिको लागि सञ्चार प्रविधिको प्रयोग अतिउपयोगी रहेको नगर प्रमुख चौधरीले बताए । उनका अनुसार विकासका योजना प्रभावकारी बनाउन तथ्यांक आवश्यक छ । ड्रोन उडाएर सजिलै नगरको भौगोलिक अवस्थाबारे जानकारी हुने उनले बताए । वन जंगल, पोखरी, सिँचाई, खानेपानी, ढल, सडक लगायतका योजना कुन वडामा के आवश्यकता छ । त्यस अनुसार योजना बनाउन मद्दत पुग्ने नगर प्रमुख चौधरीले बताए । उनका अनुसार जेठ १५ गतेभित्र नगरको सर्वेक्षण सम्पन्न हुन्छ । नगरभित्रको समाजिक, आर्थिक अवस्था बुझ्न नगरमा घरधुरी सर्वेक्षण पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी गराउंदै जीपीएस ट्रयाकिङ्गको माध्यमले स्मार्ट फोनको प्रयोग गरी संकलकले नगरको सम्पूर्ण घरधुरी सर्वेक्षण सहज हुने छ । उहांले ‘संकलन गरेको तथ्यांक नगरपालिकाको एप बनाएर त्यसमा राखिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘नगरको सम्पूर्ण अवस्थाबारे बुझन त्यसबाट सजिलो हुन्छ ।’ दुई सय मिटर उचाईमा गएर ड्रोनले तस्बिर र भिडियो खिच्न मिल्ने ड्रोन विशेषज्ञ प्रसन्न महर्जनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤