ताजा समाचार

मिस एण्ड मिस्टर छनौट, लैगिंक हिंसा विरुद्ध प्रदेश २ मा अभियान

  • जेठ १०, २०७५
  • ११३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, १० जेठ । एक शान्त वातावरणमा मिठो स्वरको धुन चलिरहेको हुन्छ ।‘जलवा.....जवाल’ म्युजिकमा एक बलिउडकी कली जस्ती लहानको एक हांलमा दर्शक र जज हेरेको हेरे भए । कतिले नेपाली चलचित्रको अर्थात हालै एक मैथिली फिल्ममा नायिका खेलेकी केकी अधिकारीको भान देखियो । तर, उनी मुम्बई न काठमाण्डौ चलचित्र उद्योगको नायिका हुन् । उनी लहानको अधिकारी हुन् । ईला अधिकारी जो आज र्याम्प शोमा टप देखियो । यसमा पनि ईलाले एक्टिगं र डान्सले आफ्नो सुन्दरतामा सुगन्ध फिजाईदियो । प्रदेश २ स्तरीय मिस एण्ड मिस्टर आईकनको सिरहा सप्तरीको लागि गरिएको अडिशनमा आज दर्जनौ युवायुवतीले र्याम्प देखायो । यसका आयोजक विशाल विष्ट र राज थपलियाले लैगिंक विभेद विरुद्धको यो अभियानलाई सशक्त रुपमा अगाडि बढाउंन प्रदेश २ को अन्य जिल्लाबाट छनौट भएकालाई असार १० गतेभित्र फाइनल प्रदर्शन हुने बताएका छन् । फाईनल अगाडि छनौट भएका कलाकारहरुलाई २० दिने तालिम दिने भएको छ ।

एक्टर तथा कोरियोग्राफी राज थपलियाले ‘मधेशी समाजमा रहेको बालविवाह, बहुविवाह, दहेजप्रथा, महिला हिंसा जस्ता घटनालाई न्यूनिकरण गर्न यो अभियान सवल बन्दै गएको छ ।’ छनौटमा ५० कलाकारलाई २० दिनमा र्याम्प, पर्सनालिटी, फिटनेश, ब्यूटीकेयर, स्पीच, टाइलेन्ट सम्बन्धी तालिम दिने भएको छ । स्थानीय आयोजक मुहमुद आलमले ‘प्रदेशका प्रतिभालाई आन्तरिक जागरण गरी नेशनल पहिचानको रुपमा स्थापना गर्न यो कार्यक्रम सार्थक हुने भएको छ ।’ आजको कार्यक्रममा लियोनार्धो दाभिन्चीले विश्वविख्यात चित्र कोरेको एक सुन्दरीको चर्चा ऐतिहासिक नै बनेको छ । सोही रुप भएकी पुजा यादवको एक्टीभिटीले दर्शक र जजलाई उच्च मूल्यांकन गर्न बाध्य पारिदियो । र्याम्प अन्तिम फाईनल जनकपुरमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤