Siraha Times
ताजा समाचार

मालपोत कार्यालय लहानमा भयङ्कर बम बिस्फोट आधा दर्जन घाइते,बाँकीको अवस्था चिन्ताजनक

  • चैत १, २०७७
  • ९१४ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा टाइम्स सम्वादाता / सिरहा लहान चैत्र १ गते आइतबार । मालपोत कार्यालय लहानमा आज भयङकर बम बिस्फोट भएको छ। आज चैत्र १ गते आइतबार करिव १२:४५ बजे भएको बम बिस्फोटमा परी आधा दर्जन मानिस घाइते भएका छन।घाइते मध्ये दुई जनाको अवस्था एकदमै गम्भीर रहेको इलाका प्रहरी कार्यक्रम लहानका प्रमुख डि.एस.पी डा. पतन दाहालले जानकारी गराए । डि. एस.पी डा. दाहालका अनुसार आधा दर्जन घाइते भएता पनि घाइतेको सङ्ख्या यकिन हुन नसकेको बताए । प्रहरीका अनुसार बिस्फोट भएको बम कुकर बम भएको प्रहरीको अनुमान रहेको छ। बिस्फोट पछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेको प्रहरीले बताए । उक्त आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेर आगो निभाउन सफल भएका थियोे । बाँकी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. दाहालले बताएका छन।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१