ताजा समाचार

जन्म दिनको अवसरमा दृष्टि विहिन वालवालिका लाई सहयोग

  • जेठ १०, २०७५
  • ११६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ ९। सिरहाको लहानमा अवस्थित पशुपति आदर्श उच्च माविमा अध्यनरत र सोहि माविको दृष्टि विहिन होस्टलमा बस्दै आएका दृष्टि विहिन विद्यार्थीहरु लाई सगरमाथा चौधरी आखा अस्पतालको ओए श्रेणीमा अध्यनरत एक विद्यार्थीले आफ्नो जन्म दिन दृष्टि विहिन बालबालिका संग मनाएकी छिन। मेचीनगर १ झापा बस्ने हेम सगर भट्टराई र लक्ष्मी भट्टराई की छोरी मोनिका भट्टराईले आज १८ वसन्त पार गरि १९ वसन्तमा प्रवेश गर्दै जन्मदिनको नाममा अत्यधिक तडक–भडक गर्ने परम्परालाई चुनौति दिँदै उनले दृष्टि विहिन विद्यार्थीहरु संग रमाइलो गरेर जन्मदिन मनाएकी हुन् । मोनिकाले असहाय दृष्टि विहिन बालबालिकाहरुका लागि होस्टेलमा ३ वटा सिलिङ्ग पंखा उपलव्ध गराउनुका साथै फलफुल , मिठाई , जुस वितरण गर्दै उनीहरुसँगै सामुहिक रुपमा आफ्नो जन्म दिन मनाएकी छिन।

हरेक बालबालिकालाई रमाइलो गर्ने , खेलकुद गर्ने, नाच्ने , गाउने , पढाई लेखाइ संगै माया प्रेम स्नेह पाउने चाहना हुने गरेको बताउँदै मोनिकाले भनिन् ‘यस होस्टेलका बालबालिकाहरु लाई पनि सबैले माया, ममता र दुलार गर्नुपर्छ त्यसैले मैले आफ्नो स्तरबाट भुमिका निभाउने प्रयास मात्र गरेको छु ।’ त्यसैले आफ्नो जन्मदिनको अवसरमा यी विद्यार्थीहरुको होस्ला बढाउन विना तडकभडक शान्तमय वातावरणमा यी बालबालिकाहरु संग आफ्नो जन्मदिन मनाएको उनले बताईन् । ‘आफ्नो क्षमता भ्याएसम्म समाजकालागि केही नकेही कामहरु गर्दै जानुपर्छ’ मोनिकाले भनिन् ‘दृष्टि विहिन असहाय विद्यार्थीका साथ रमाइलो गर्न र सहयोग गर्न पाउदा म सर्वाधिक खुशी छु।’ उक्त अवसरमा पशुपति आदर्श उच्च माविका शिक्षकहरु शोभित चन्दिग्र्ह , राम उदगार यादव ,शुभास चन्द्र निरौला , सम्भु यादव लगायत लहान एभरेष्ट  कलेजका प्रिन्सिपल चक्रपाणी दाहाल , प्रमुख धरणीधर अधिकारी , शिक्षक ललित महतो , संचारकर्मी फिरोज शेख , रमिता नेपाल लगायतको उपस्थिति रहेको थियो।’दृष्टि विहिन होस्टलमा हाल १२ जना विद्यार्थी बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤