ताजा समाचार

सुरुंगा नगरपालिका विकासतर्फ लम्किदै, मदिरा र डिजे विरुद्ध अभियान

  • जेठ ९, २०७५
  • १३३८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, ९ जेठ । सुरुंगा नगरपालिकाले सबै वडा जोड्ने गरी चक्रपथ निर्माणमा लागेको छ । नगरपालिकाभित्र रहेको वडाहरुलाई जोड्न लगभग २५ किलो मिटरको चक्रपथ निर्माण कार्य जारी रहेको मेयर मुक्तिनाथ चौधरीले जनाएको छ । उक्त चक्रपथमा यो बर्ष माटो र ग्राभेलको काम सकिने र आउंदो बर्षमा ढलान र रोलिगं कार्य गर्ने उहां मेयर चौधरीले बताउंनुभयो । यता, ११ वटै वडामा ३० फिट र २० फिट चौडाई हुने गरी व्यवस्थित सडक निर्माण समेत गर्न थालिएको छ । यस्ता सडक निर्माणमा यस बर्ष ७ करोडको लागतमा काम भइरहेको प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो ।

सडक निर्माणका साथै सुरुंगा नगरपालिकाले गाउं टोलमा विजुलीवती पुर्याउंन २ करोडको बजेट लगाएको छ । मेयर चौधरीले विकास लक्ष्य पूरा गर्न जनताले मलाई मेयर बनाएको हो । यसैले जनताको माग पूरा गर्न विकास निर्माण कार्यमा अलिकति पनि पछाडि नहट्ने उहां बताउंछन् । सडक निर्माणपछि सुरुंगा नगरपालिका दुरदराजमा रहेका जनता आयआर्जन, रोजगारी, उच्च शिक्षा, स्वास्थ्य जस्ता समस्याबाट निराकरण पाउंने छन् । प्रत्येक घरको अगाडि एम्बुलेन्स पुग्ने गरी सडक निर्माण थालिएको छ । 

सामाजिक विकृति विरुद्ध अभियान

मदिरा सेवन गरेर घरेलु हिंसा हुने गरेकोले यस्ता क्रियाकलापलाई रोक्न सुरुंगा नगरपालिकाले अभियान नै चलाएको छ । अभियान अन्तरगत नगरक्षेत्रमा बेलुका साढे ८ बजेभित्र मदिरा पसल बन्द गर्नुपर्ने प्रावधान तयार गरेको छ । मदिरा सेवन गरेर बाटोघाटो होहल्ला गर्ने दर्जनौलाई सचेत गराउंदै कारवाहीतर्फ लगिएको छ । अभियानलाई निरन्तरन्ता दिंदै भविष्यमा मदिरा निषेधित क्षेत्र घोषण गर्ने योजना लिएको छ । समाजिक वतावरणलाई मध्यनजर गरी सुरुंगा नगरपालिकाले अहिलेसम्म डिजे बजाउंने तीन जनालाई कारवाही गरिसकेको छ । कारवाही स्वरुप जनही एक एक हजार जरिवना काटिएको हो । डिजे निषेधित क्षेत्र घोषणा गर्न आवश्यक तयारी भइरहेको छ भने वातावरण स्वच्छ राख्न नगरपालिका अभियान जारी राखेको छ । शान्ति सुरक्षाको लागि नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिने भएको छ । सोलार बती जडानको योजना समेत रहेको छ ।

शैक्षिक सुधार 

सुरुंगा नगरपालिकाभित्र रहेका हरेक बालबालिकालाई स्कूलसम्म पुरयाउंन भर्ना अभियान तिब्र पारेको छ । जेठभित्र हरेक बालबालिका विद्यालय भर्ना गराइहाल्ने योजनाबद्ध अभियान समेत चलाएको छ । विद्यालयमा शिक्षक अनुपस्थिति र उपस्थितिको लागि इलेक्ट्रोनिक हाजिरी गराउंन थालेको मेयर चौधरीले बताउंनुभयो । विद्यालयमा विद्या र कार्यक्रमको लागि पूर्व तयारीको निम्ति शैक्षिक क्यालेन्डर नै प्रकाशन गरिसकेको प्रशासकीय अधिकृत राजकुमार दासले बताउंनुभयो । जनताको माग अनुरुप सुरुंगा नगरपालिकाभित्र चाडै इन्जिनियरिगं कांलेजको स्थापना गरिने भएको छ ।

स्वास्थ्य 

जनताको सेवा सुविधाको लागि सुरुंगा नगरपालिकाले समयमा खोप र स्वास्थ्य शिविरहरु संचालन गर्ने भएको छ । दर्जनौ स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिसकेको स्वास्थ्यकर्मी भुषण सुनरैतले जानकारी दिनुभयो ।

पर्यटन 

धार्मिक पर्यटकीय विकासको लागि विषनहरीमा २८ लाखको योजनामा काम भइरहेको छ । जसमा पिकनिक स्पोट, वोटिगं, विश्रामस्थललगायत धार्मिक पर्यटनको लागि विकासलाई निरन्तरन्ता दिएको छ । गाउंठाउंलाई हराभारा बनाउंदै हरित नगरको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । अनुगमन ः विकासलाई तिब्र पार्न स्वच्छ  वातावरण र विशुद्ध पानी तथा पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणाको लागि ‘हरेक विकासमा जनप्रतिनिधिको पाईला’ नारा दिंदै दोहोरो अनुगमनमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤