ताजा समाचार

आमाचकारी गाली गर्दै प्रहरीले मजदुर कुटे

  • जेठ ९, २०७५
  • १२४४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

विरु यादव । नवसंग्राम दैनिक लहान, ९ जेठ । प्रहरीले विना कसुर कुटपिट कसैलाई गर्दा समाजमा वितृष्णा जाग्छ । यसमा पनि मजदुरसंग पैसा माग गर्दै विभेदपूर्ण शैलीमा कुटपिट गरी आमाचकारी गाली गर्नु प्रहरीको नियत के होला ? आज लहानमा यस्तै भएको छ । लहान नगर प्रहरी चौकीका एक सईले दिउंसो ४ बजेतीर ३ हजार रुपैयां माग गर्दै सप्तरीको राजविराज ९ बस्ने देवनारायण यादवलाई बुटले हिर्काउंदै आमाचकारी गाली गरेका छन् । पीडित यादवले भने ‘तिमीहरु यत्रो दिन यहां काम गरियो पैसा तिर्नुपर्छ ।’ ‘ठकेदारसंग कुरा गर्नु म कहांबाट पैसा दिनु हजुर ।’ ‘यति नभन्दै आमाचकारी गाली गर्दै कुटपिट गरेको छ ।’‘मधेशी भन्दै गल्हथियाउंदै बाहिर धेकेदियो ।’ देवनारायण लहान ७ स्थित सडक कार्यालय कम्पाउण्डभित्र ६ महिनादेखि मालपोतको भवन निर्माण गर्न मजदुरी गर्दैछन् । त्यहां दश जना मजदुर काम गर्दै आएका छन् । भवन निर्माणको ठकेदार सन्तोष दास हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤