सप्तरीको मलेठमा ५ जना मारिएको त्यो कालो दिन

  • फागुन २३, २०७७
  • १३५८ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी - चार वर्षअघि तत्कालीन नेकपा (एमाले) ले मेची-महाकाली अभियान सञ्चालन गरेको थियो । सोही अभियानअन्तर्गत सप्तरीको मलेठमा २३ फागुन २०७३ मा एमालेले कार्यक्रम राखेकाे थियो ।

maleth ghatana 3

एमालेको उक्त कार्यक्रमले हिंसात्मक मोड लियो । जसका कारण सप्तरीमा त्यो दिनलाई ‘कालो दिन’ का रुपमा चिनिन्छ ।मलेठमा ५ जनाको ज्यान जाने गएको हिंसात्मक घटनाको आज चार वर्ष पूरा भएको छ । त्यस दिन सप्तरीको मलेठमा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु भयो । दर्जनौँ घाइते भए ।

maleth ghatana 2 (1)

एमालेले मेची-महाकाली राष्ट्रिय अभियान प्रारम्भ गर्दा मधेशी मोर्चा (राजपाभित्रका तत्कालीन ६ दल र तत्कालीन फोरम नेपाल) ले सप्तरीमा कार्यक्रम हुन नदिने जनाएको थियो । एमाले कार्यक्रम गरेरै छाड्ने र मधेशी मोर्चा हुन नदिने अडानका बीच भएको कार्यक्रमले हिंसात्मक मोड लिएको हो ।

सुरुमा एमालेको सभा राजविराजको राज रंगशालामा हुने तय भएको थियो । तर मोर्चाले अवरोध गर्ने निर्णय गरेपश्चात् एमालेले मलेठ नजिकैको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सभा गर्ने निर्णय गर्‍यो । मधेशी मोर्चाले मलेठमा पनि पनि सभा हुन नदिने अड्डी लियो ।

२०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मान्छे मरिरहँदा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति र एमालेको भूमिकाका कारण मधेशी मोर्चा उसँग रुष्ट थियो ।

ओलीले त्यसबेला भनेका थिए- गाछीबाट एउटा आँप झर्दैमा केही हुँदैन । त्यस्तै ओलीले नै त्यसबेला भनेका थिए- मानव साङ्लो बनाउँदा माक्खे साङ्लो ।ओलीका अभिव्यक्तिले मधेशी मोर्चा रुष्ट थियो । अझ एमालेले मेची-महाकाली अभियानअन्तर्गत सप्तरीमा सभा गर्ने भएपछि मोर्चा थप चिढियो । त्यसपछि मोर्चाले कार्यक्रम हुनै नदिने र एमालेले गरेरै छाड्ने अड्डी कसे ।

तत्कालीन मधेशी मोर्चाका सप्तरी जिल्ला संयोजक दिनेश यादव जसरी पनि एमालेको कार्यक्रम बिथोल्न लागे । त्यस्तै एमाले जसरी पनि राजविराजमै कार्यक्रम गर्ने अडान लियो ।२०७३ फागुन २० गते सप्तरीका सुरक्षा निकायले तत्कालीन एमाले र मोर्चा दुवै पक्षलाई राखेर बैठक गरायो । सुरक्षा निकायले तत्कालीन एमालेलाई राजविराजमा नगरी कञ्चनरुपमा कार्यक्रम गर्न सुझाव दियो ।

हुन त माहौल हेरेर एमाले त्यसबेला एक कदम पछाडि हट्यो । राजविराज बजारमा नै आमसभा गर्ने उसको तयारी अवस्था राम्रो नरहेको रिपोर्टिङ भएपछि सर्‍यो । र, मलेठको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्‍यो ।

मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम भइरहँदा त्यसभन्दा करिब ३०० मिटर दक्षिणको मलेठ चोकमा मधेसी दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे ।दिउँसो करिब ४ः४५ बजेतिर तत्कालीन एमाले अध्यक्ष ओलीको मन्तव्य सकिनासाथ आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भयो ।

झडपको क्रममा सुरक्षा निकायले चलाएको गोली लागी सञ्जन मेहताको घटनास्थलमै मृत्यु भयो । प्रहरीको गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको पनि उपचारका क्रममा सोही दिन मृत्यु भयो । त्यस्तै घाइतेहरु वीरेन्द्र महतो र इनरदेव यादवले उपचारका क्रमाम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाए ।झडपको क्रममा ३१ जना प्रहरी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ मा कक्षा १० ...

लहान, चैत्र ३। लहान नगरपालिका–२४ स्थित श्री लेखनाथ मा.वि. मलहनमा गोविन्दपुर विद्यालयमा कक्षा १ ...

नरहा गाउँपालिकामा मह ...

रहमुल लहान, २ चैत्र । सिरहाको नरहा गाउँपालिकामा पोषण सुधार तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यल ...

बलात्कारपछि हत्या भए ...

ओम प्रकाश यादव लहान लहान, २ चैत्र। सप्तरी र सुर्खेतमा भएका दुई फरक–फरक नाबालिका बलात्कार तथा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१