Siraha Times
ताजा समाचार

प्रेम र देवकुमारले सात लाख लिए, दुबईमा सिरहा सप्तरीका तीन युवा अलपत्र

  • फागुन २२, २०७७
  • १४२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक  रेडियो सौगात लहान, २२ फागुन । वैदेशिक रोजगारमा राम्रो तलब दिलाउँने भन्दै तीन युवासँग लाखौ रकम ठगी गरेको खुलासा भएको छ । बुटवलका प्रेम शाक्यले काठमाण्डौं स्थित अनुप लामा भनिने देवकुमार मुक्तानमार्फत सात लाख रकम लिएर सिरहा र सप्तरीका तीन युवालाई अल्मुनियम कम्पनीमा १४ दिराम तलब दिने भन्दै ठगी गरेको छ ।
सिरहाको लक्ष्मीपुरपतारी ६ सितापुर दवाडीका संजीतकुमार शर्मा, नवराजपुर ४ का जयकुमार साह र सप्तरीको बलानविहुल कोदरकट्टीका दिलिपकुमार शर्मासँग दुबईको अल्मुनियम कम्पनीमा काम लगाउँन सात लाख रुपैयाँ लिएको हो ।
उनीहरुलाई २० नोभेम्बरमा टुरिष्ट भिस्सामा दुबईमा रहेका प्रेम शाक्यको सम्पर्कमा पठाइयो । दुवई पुगेसम्म प्रेम शाक्य सम्पर्कमै थियो । केही दिनपछि प्रेम शाक्य उनीहरुको मोवाईल फोन उठाउँन छाडियो । उनीहरु जेनतेन त्यहाँ अर्को कम्पनीमा काम खोजियो । तर, चाहेजति तलब नपाएपछि अलपत्र परे । पछि उनीहरुलाई खान बस्न समेत अप्ठ्यारो परेपछि केही दिनमा संजित शर्मा नेपाल फर्किए ।
जयकुमार र दिलिप आज पनि दुबईमा अलपत्र अवस्थामा रहेको पीडित संजित शर्मा बताउँछन् । संजितले अगाडि भने ‘म आफ्नो घरमा सम्पर्क गरेर घर फर्किए ।’ ‘घर परिवारले ऋण लिएर मलाई फिर्ता ल्याए ।’ ‘दूई जना साथीको अवस्था कठिन छ । उनीहरुको घरपरिवारले ऋण खोज्दैछन् छोरा फर्काउँन ।’ ‘हामीसँग १० घण्टा काममा खट्नुपर्छ अनि महिनाको १४ सय दिराम दिने भनेर प्रेम शाक्य र देवकुमार मुक्तानले सहमती गरेको छ ।’ तर, कुनै काम दिएन, खान बस्न समेत कठिनाई छ ।’‘ मलाई पैसा फिर्ता चाहियो ।’
देवकुमार मुक्तानसँग सम्पर्क गर्दा उनको मोवाईल स्वीचअफ बताउँछ । वैदेशिक रोजगारमा यहाँका युवाहरुलाई राम्रो कामको लोभ दिएर ठगी धन्दा मौलाएको छ । कामको भिस्सा देखाएर टुरिष्ट भिस्सामा निर्दोष युवाहरुलाई ठगि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१