महोत्तरीको बर्दिबासमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

  • फागुन १९, २०७७
  • ७७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी , बर्दिबास ।फागुन १९ गते । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । बर्दिबास नगरपालिका ७ बस्ने शिवकुमार साहका छोरा ७ वर्षीय अनुराज साह घाइते भएका हुन् । बुधबार बिहान ११ बजे बर्दिवास नगरपालिका ६ स्थित किशाननगरबाट बर्दिवास तर्फ जादै गरेको ना ५१ प २६९ नम्बरको मोटरसाइकले बाटो क्रस गर्न लागेका बालकलाई घर नजिकै ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । त्याहँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल काठमाण्डौं रेफर गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार ठक्कर दिने मोटसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।यो समाचार टुडेपाटिबाट लिएइको हो

प्रतिक्रिया दिनुहोस

प्रहरी चौकी गण्डकका ...

रंजित चौरसिया, वीरगंज २४ पुस । वीरगंजको प्रहरी चौकी गण्डकका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जगदीश याद ...

गरिबी निवारण लक्ष्यस ...

रहमुल लहान, २४ पुस । गरिबी निवारण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीको बलान बिह ...

लहान–१ सिंग्राहीमा थ ...

रहमुल लहान, २४ पुस । सिरहाको लहान नगरपालिका–१ सिंग्राहीमा थारु समुदायका लागि सामुदायिक भवन निर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१