सिरहामा तरुण दलको अध्यक्षको भूमिका निर्वाह गर्दै नेता मण्डल : कार्यवाहकलाई छैन मतलब

  • फागुन १९, २०७७
  • १२९१ पटक पढिएको
  • रामएकवाल राम
alt

सबिन यादव सिरहा । नेपाल तरुण दल सिरहाका जिल्ला सदस्य एवम् युवा नेता अरबिन्द मण्डलले अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । मँगलबार सिरहाको कल्याणपुर नगरपालिकामा आफ्नो संगठन विस्तारको क्रममा सहभागीहरुले कार्यवाहक अध्यक्ष सरद राजा शाही मूर्तिझैं मुकदर्शक भएको भनेर औल्याएका थिए ।

मँगलबार नेपाल तरुण दल कल्याणपुरमा गरिएको सँगठन विस्तारको क्रममा सभापतिमा सन्तोष यादव, उपसभापतिमा नितिश कुमार सिंह, सचीवमा फेकन यादव , सह–सचीवमा रन्जित यादव ,कोषाध्यक्षमा भरत प्रसाद यादवलाई मनोनित गरिएको छ । यस्तै, सदस्यहरुमा अजय यादव (डमर), रमेश यादब,प्रमोद ठाकुर , दिपेन्द्र मण्डल , पप्पु यादव , बिनोद यादव सदस्यमा मनोनीत गरेका हुन् ।

नेपाल तरुण दल सिरहाका सदस्य अरबिन्द मण्डलले नै जिल्ला भरिको सबै कार्यक्रमहरुको नेतृत्व गर्ने देखि लिएर कमान समेत सम्हालेको भन्दै मण्डललाई अध्यक्ष हुनुपर्ने सहभागी वक्ताहरुले बताएका छन् । तरुण दलका युवा नेता अरबिन्द मण्डलकै अध्यक्षतामा सम्पन्न एक कार्यक्रमबीच कल्याणपुर नगरपालिकामा तरुण दलको नयाँ कार्यसमितिहरू गठन गरिएको जनाइएको छ ।

तरुण दलको जागरण तथा संगठन बिस्तार अभियानअन्तर्गत कल्याणपुर नगरपालिका वडा नम्बर ९ डुमरीमा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन भएको छ । सो क्रममा बोल्दै युवा नेता मण्डलले कम्युनिस्टहरूले आफ्नो लाल किल्ला ठान्ने कल्याणपुर नगरपालिकाको वडाहरूमा नेपाल तरुण दलले वडा कार्यसमितिहरू गठन गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको टिप्पणी गरे ।

“नेपाल तरुण दलको कार्यबाट कम्युनिस्टहरू निद हराम भएको छ । सिरहाका तरुणहरू कांग्रेसलाई बलियो बनाउन संगठन सुदृढीकरणमा लागेका हुन् ।” उनले भने । सोही कार्यक्रममा सहभागीहरुले नेपाल तरुण दल सिरहाको कार्य बाहेक सभापति सरद राजा साहीलाई कार्यक्रमहरुमा बोलाउदा उपस्थिति नभएको युवाहरूले गुनासो पोखे । सिरहामा हुने कुनै पनि कार्यक्रममा कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको शाहीलाई कुनै मतलब नै नराख्ने तथा कुनै पनि कार्यक्रममा सहभागिता नजाउने गरेको उनलाई हटाएर अरबिन्द मण्डललाई अध्यक्षको जिम्मेवारी दिन पनि युवाहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कल्याणपुर न.पा.स्तरि ...

दलित विकास मञ्च सिरहाको आयाजोनामा कल्याणपुर नगरपालिकाको समन्वय र हेलन केलर इन्टरनेशनलको साझेदारीमा प ...

लहान–२४ मा कक्षा १० ...

लहान, चैत्र ३। लहान नगरपालिका–२४ स्थित श्री लेखनाथ मा.वि. मलहनमा गोविन्दपुर विद्यालयमा कक्षा १ ...

नरहा गाउँपालिकामा मह ...

रहमुल लहान, २ चैत्र । सिरहाको नरहा गाउँपालिकामा पोषण सुधार तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१