मिर्चैया : पतंजली योग समितिलाई दुई कठ्ठा जग्गा दिने साह मेमोरियल ट्रष्टको घोषणा

  • जेठ ४, २०७५
  • ७०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, ०४ जेष्ठ । मिर्चैयामा रहेको रामभरोस साह मेमोरियल ट्रष्टले पतंजली योग समिति नेपाल, नगर योग समिति मिर्चैयाको भवन निर्माणका लागि २ कठ्ठा जग्गा दिने घोषणा गरेको हो । विहिबार ट्रष्टका अध्यक्ष समाजसेवी राम प्रताप साह (भोला) ले भवन निर्माणका लागि मिर्चैया नगरपालिका बडा नं. ८ मा २ कठ्ठा जग्गा उपलब्ध गराउने उदघोष गरेका हुन् । समाजसेवी साहले नगर योग समितिको भवन निर्माणका लागि १ लाख १ हजार रुपैया समेत सहयोग गर्ने बताएका छन् । जग्गाको अन्दाजी मोल करीब ३० लाख रहेको बताईएको छ ।

नगर योग समिति मिर्चैयाका अध्यक्ष अकलदेब सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पतंजली योग समिति नेपाल प्रदेश नं. २ का प्रमुख हरिहर चौधरीले प्रमखु अतिथिको रुपमा उपस्थित भई जग्गादाता साहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । भवन असार ७ गते शिलान्यस गरि एक बर्षमा निर्माण पुरा गर्ने लक्ष्य रहेको योग समिति मिर्चैैैयाले जनाएको छ । कार्यक्रममा योग समिति सिरहाका उपाध्यक्ष श्याम मण्डल, मिर्चैया नगर योग समितिका उपाध्यक्ष भरत महासेठ, सदस्य किशोरी साह, सल्लाहकार प्रदिप कुमार तिवारी, सिकिया यादब र जिल्ला उद्योग बाणिज्य संघ सिरहाका उपाध्यक्ष अशोक कुमार साह लगायतका सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

लक्ष्मीपुर पतारीदेखि ...

ओम प्रकाश यादव, लहान जेठ ३० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारीदेखि भौरसम्मको सडक स्तरोन्नतिको काम आज ...

लायन्स क्लब अफ लहान ...

रहमुल लहान ३० जेठ । लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई लक् ...

सिरहामा दलित मानव अध ...

रहमुल लहान २९ जेठ । सिरहाको लहान सम्राट होटेलको सभाहलमा सिरहामा दलित मानव अधिकारको अवस्था र UPR सम्ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१