आजदेखि एक महिने रमजान पर्व सुरु

  • जेठ ४, २०७५
  • ११४० पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ ४ । इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको रमजान पर्व आज शुक्रबार देखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत्अनुसार विश्वभरका इस्लाम धर्मावलम्बी मुस्लिमहरु एक महिनासम्म निराहार रोजा (व्रत) बस्ने गर्दछन। इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कलमा मध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजान मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।

रमजान महिना दान गर्ने महिना पनि हो । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोग समेत गर्छन् । शास्त्रअनुसार बालिग (वयस्क) मुस्लिमलाई रोजा अनिवार्य छ । धनी, गरिब कसैलाई छुट छैन । मुस्लिम समुदायमा रमजानले विशेष महत्त्व राख्छ । रमजान महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मदमाथि कुरआनका आयात (श्लोक) अवतरण सुरु भएको थियो । रमजान महिनाको अन्तिम दसांशको कुनै एक बिजोडी रातमा कुरआनको अवतरण सुरु हुन थालेको थियो । रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने जन विश्वास छ । यो महिना लाई कुरआनको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने महिनाको अवसरमा पनि लिईन्छ । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।
सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

रमजान महिनाको अन्तिम दस भागका पनि विजोडा रातहरू अझ महत्त्वपूर्ण मानिन्छन् । एक महिने रोजाका अन्तिम विजोडी रातहरू २१, २३, २५, २७ र २९ ले विशेष महत्त्व राख्छ । ती बिजोडा रातमध्येको कुनै एक रातमा साउदी अरबको हेरा भन्ने गुफामा अल्लाहको ध्यानमा केन्द्रित भइरहेको बेला ‘जिब्रिल’ भन्ने देवदूतमार्फत पहिलो पटक मोहम्मदमाथि पवित्र धर्मग्रन्थ कुरआन अवतरण भएको थियो ।No automatic alt text available.

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१